समाचार

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

समाचार
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन् । झाले जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका हुन् । झाले भने, “म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर चुनावी प्रचार–प्रसार गर्न चाहन्न ।” उनले रास्वपाका सबै कार्यकर्तालाई धनुषा क्षेत्र नं. ३ भित्र कुनै पनि स्थानमा प्रचार सामग्रीका रूपमा पोस्टर नटाँस्न स्पष्ट निर्देशन दिएका छन् । उनले निर्वाचन प्रचार–प्रसारको नाममा शहरलाई फोहोर र अव्यवस्थित नबनाउन अन्य राजनीतिक दल तथा उम्मेदवारहरूलाई समेत आग्रह गरेका छन् । उनका अनुसार, स्वच्छ र सभ्य राजनीतिक संस्कारको विकास आजको आवश्यकता हो, र त्यसको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ । झा...
पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

Breaking News 2, गण्डकी, ताजा अपडेट, समाचार
पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हासिल गरेकी छन्। विश्वप्रसिद्ध सामाजिक सञ्जाल Instagram को आधिकारिक ‘Reels’ च्यानलमा उनको भिडियो फिचर्ड भएसँगै नेपाली डिजिटल क्रिएटरहरूको पहुँच विश्व बजारसम्म पुगेको छ। इन्स्टाग्रामले सीमित संख्यामा मात्र अकाउन्टलाई फलो गर्ने परम्परा राख्दै आएको छ। हाल करिब २०१ अकाउन्टलाई फलो गरिरहेको इन्स्टाग्रामको सूचीमा सुरक्ष्या केसीको ‘imsurakshyakc’ अकाउन्ट समावेश हुनु नेपाली क्रिएटर समुदायका लागि गर्वको विषय बनेको छ। करिब ६९ करोडभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्रामको आधिकारिक प्लेटफर्ममा उनको सामग्री स्थान पाउनु आफैंमा ठूलो उपलब्धि मानिएको छ। नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूमा मोटरसाइकलमार्फत गरिएको यात्राका दृश्यहरू, साहसी र प्रेरणादायी महिला राइडरको छवि प्रस्त...
ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङद्वारा  ‘यूके इन्फो सेसन २०२६’ सफलतापूर्वक सम्पन्न

ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङद्वारा ‘यूके इन्फो सेसन २०२६’ सफलतापूर्वक सम्पन्न

Breaking News 2, samachar, गण्डकी, ताजा अपडेट, शिक्षा, समाचार
पोखरा — ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङले आज ‘यूके इन्फो सेसन २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बेलायतका विश्वविद्यालय तथा अध्ययन अवसरबारे विस्तृत जानकारी दिइनुका साथै छात्रवृत्ति सम्बन्धी सूचना प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले अध्ययनका लागि आवश्यक प्रक्रिया, भर्ना मार्गदर्शन, भिसा तथा केयर एडभाइससम्बन्धी परामर्शसमेत प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा British Council का आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट तथा परामर्शको अवसर उपलब्ध गराइएको थियो। साथै, एक–एक जना विद्यार्थीलाई लक्षित व्यक्तिगत (वन–टु–वन) काउन्सेलिङ सत्रमार्फत उनीहरूको शैक्षिक योजना र करिअर लक्ष्यअनुसार मार्गदर्शन गरिएको थियो। कार्यक्रममा ‘बेलायतमा अध्ययन गरेपछ...
कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल २७औँ वर्षमा प्रवेश

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल २७औँ वर्षमा प्रवेश

samachar, खेलकुद, गण्डकी, शिक्षा, समाचार, स्वास्थ्य
पोखरा, २१ माघ । पोखराको न्युरोडमा अवस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल स्थापना भएको २६ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको अवसरमा बुधबार अस्पतालले विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले स्थापना कालदेखि नै गुणस्तरीय दन्त उपचार र बिरामीको विश्वासलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको बताए। उनले आगामी दिनमा आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा पहुँचयोग्य सेवामार्फत अझ प्रभावकारी दन्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उनले संस्थाको स्थापना इतिहाससमेत प्रकाश पारे। कार्यक्रममा अस्पतालका सिइओ प्रतिकमान श्रेष्ठले सानो क्लिनिकबाट सुरु भएको अस्पताल आज यस क्षेत्रकै उत्कृष्ट दन्त अस्पतालको रूपमा विकसित भएको उल्लेख गरे। उनले अस्पतालले विभिन्न जिल्लामा पुगेर निः...
कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 2, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले कास्की क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि विद्यार्थी हकहित, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। पछिल्लो समय ‘जेन–जी आन्दोलन’मा अग्रपंक्तिमा रहेर गण्डकी प्रदेशको नेतृत्व गरेका उनी युवापंक्तिमाझ लोकप्रिय मानिन्छन्। नेविसंघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका र संगठनभित्र स्थापित नाम हुन्। राजनीतिक चेतना, आन्दोलनको अनुभव तथा युवापंक्तिको समर्थनलाई आधार बनाउँदै उनले यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा जनमत परीक्षण गर्ने निर्णय गरेका हुन्। पौडेलले नेपाली कांग्रेसभित्र दास र लासको राजनीति चल्न नहुने बताउँदै पुस्तान्तर...
मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार

मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार

समाचार
पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १ हजार ६४९ जना सडक सहयोगापेक्षी मानवको उद्दार गरेको छ । उद्दार गरिएकामध्ये ७ सय २ जना पुरुष र ९ सय ४७ जना महिला रहेका छन् । आश्रमले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा हालसम्मको प्रगति प्रतिवेदन तथा वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार उद्दार गरिएका मध्ये १ हजार १ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । जसमा ६ सय ९५ जना पुरुष र ४ सय ६२ जना महिला रहेका छन् । उद्दार गरिएका मध्ये १ सय ७० जनाको निधन भएको छ । निधन हुनेमा ८९ जना पुरुष र ८१ जना महिला रहेका छन् । स्वेच्छाले आश्रम छाड्नेको संख्या ९ सय पुगेको छ भने ४७ जनाको सामुदायिक पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ । आश्रमले पारिवारिक पुनर्मिलन वा स्वेच्छाले आश्रम छाडेर पुनः सडक आश्रित बन्न पुगेकाहरुलाई समेत उद्दार गर्दै आएको छ । यस क्रम...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

समाचार
पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी डिलुमाया गुरु...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

Breaking News 1, समाचार
पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद्यमशीलता प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिँदै लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो। संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको यो पहल २०६१ सालदेखि औपचारिक महोत्सवका रूपमा निरन्तर हुँदै आएको छ। उनका अनुसार यस वर्ष पनि स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित सामग्रीहरू—कृषि उत्पाद, महिला उद्यमीका सामग्री, हस्तकला, खाद्यान्नदेखि शिक्षा र स्वास्थ्यसम्बन्धी वस्तुहरू—को प्रदर्शनी तथा बिक्री हुने छ। प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्राईका अनुसार बिषम आर्थिक अवस्थामा पनि व्यवसायीलाई ऊर्जा प्रदान गर्न, बजारलाई सक्रिय बनाउन र स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रमा ज...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

समाचार
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो । एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो, तेश्रो र चौथो वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ ल...
१४औं पोखरा महोत्सवका लागि ३३ उपसमिति र ठूलो सल्लाहकार टिम घोषणा

१४औं पोखरा महोत्सवका लागि ३३ उपसमिति र ठूलो सल्लाहकार टिम घोषणा

समाचार
पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १४औं संस्करणको पोखरा महोत्सव भव्य तथा सभ्य बनाउन विस्तृत तयारी अगाडि बढाएको छ। आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मुल आयोजक समिति संयोजक लोकबहादुर थापाको नेतृत्वमा ३३ वटा उपसमिति गठन गरिएको छ। विभिन्न उपसमितिमा नेतृत्व चयन कार्य सम्पादनदेखि सुरक्षासम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उपसमितिहरू बनाइएको क्लबले जनाएको छ। कार्य सम्पादन उपसमिति : राजु श्रेष्ठ अतिथि व्यवस्थापन : हिमालय बख्रेल झाँकी र्याली व्यवस्थापन : सूकबहादुर गुरुङ अनुगमन : लालकाजी गुरुङ कलाकार व्यवस्थापन : गणेश तिमिल्सिना सचिवालय : शान्तबहादुर थापा प्रायोजक व्यवस्थापन : सूर्यबहादुर बानियाँ प्रचार–प्रसार : दिनेश सुनार अर्थ तथा स्टल व्यवस्थापन : जयराम आचार्य स्वयंसेवक व्यवस्थापन : सन्तोष कार्की संघ–संस्था समन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज