पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो ।
एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो, तेश्रो र चौथो वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ लाख ३ रुपैयाँ प्रदान गरिसकेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको चौथो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो चौथो किस्ता हो ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत मंसिर ६ गते आयोजना गरेको रक्तदान कार्यक्रमान १५१ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेकाले सोहि अनुसार अगाडि बढिरहेको बताईन् ।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा एभरेस्ट एफएमले होष्टेमा हैंसे गरेको भन्दै धन्यवाद दिए ।
वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सरोज श्रेष्ठले राखेका थिए ।
बेष्ट स्टाफ अफ दी ईयर रेजिना कटुवाल
एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ रेजिना कटुवाल भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा कटुवाललाई स्टाफ अफ दी ईयर घोषणा गरेको हो ।
कटुवाल काम विशेषले पोखरा बाहिर रहेकाले वार्षिकोत्सव समारोहमा घोषणा मात्रै गरिएको थियो । उनलाई कुनै विशेष अवसर पारेर पुरस्कार प्रदान गरिने सम्पादक श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र छ ।
घरबेटीलाई सम्मान
एफएमले घरबेटी पुष्पेन्द्रबहादुर कोईरालालाई सम्मान गरेको छ । आर्थिक मन्दीको समयमा घरभाडा छुट दिएका घरबेटी कोईरालालाई एफएमले पाचौं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । उनलाई एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठलगायतले फेटा, माला लगाएर सम्मान गरेका थिए ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।