कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्मचारी खटिने भएकाछन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एईई परीक्षाका लागि ३७ परीक्षा केन्द्र तोकिएका छन् । २०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ । जिल्ला समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टका अनुसार ५ सय ६१ जना निरीक्षक खटिने छन । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जनाका दरले ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । यसरी जम्मा १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित हुने जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय कञ्चनपुरले जनाएको छ । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० जना छात्र र ४ हजार ६९ जना छात्रा गरी ८ हजार ६ सय ४९ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी नियमित प्राविधिकर्फ ७४ जना छात्रा र १ सय जना छात्रले सहभागीता जनाउनेछन् । ग्रेडबृद्धिका लागि साधारणतर्फ एक हजार २ सय ६५ जना छात्रा र १ हजार १ सय ७७ जना छात्र सहभागी हुनेछन् । ग्रेड बृद्धिकालागि प्राविधिक धारका ३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
चैतको ७ गतेदेखि संञ्चालन हुने एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज