क्यानबेरा, अष्ट्रेलिया । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन अभियान अस्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको छ। सोही क्रममा क्यानबेरामा आयोजित कार्यक्रममा सहकार्य गर्दै उमा हमालले आश्रममा फिजियोथेरापी कक्षका लागि आवश्यक सामग्री खरिदमा सहयोग पुर्याउने उद्देश्यले १ हजार अष्ट्रेलियन डलर योगदान प्रदान गर्नुभएको छ।
आश्रममा आश्रितहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै फिजियोथेरापी सेवा विस्तारका लागि हमालले उक्त सहयोग गर्नुभएको हो। फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्री व्यवस्थापनमा हमालले पुर्याउनुभएको साथले आश्रममा आश्रितहरूको स्वास्थ्य उपचार तथा पुनर्स्थापनाको यात्रामा थप टेवा पुग्ने आश्रमले विश्वास गरेकाे छ ।

साथै यस सेवा अभियानमा जोडिँदै मानवताको पवित्र कार्यका लागि प्रदान गर्नुभएको यस अमूल्य सहयोगप्रति मानवसेवा आश्रमले कृतज्ञता व्यक्त गरेकाे छ ।
मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको आयोजनामा सञ्चालन भइरहेको ‘कनेक्ट अष्ट्रेलिया थ्रु ह्युमानिटी’ अभियान अक्टोबर ७, २०२६ सम्म सञ्चालन हुनेछ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।