पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन प्राप्त गर्दै गौतमले संघको नयाँ नेतृत्व सम्हाल्ने भएकी हुन्।
महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी गौतमको विजयसँगै पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। विजयी भएपछि गौतमले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण उद्योगी–व्यवसायी, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेकी छन्।
उनले आफ्नो विजयलाई व्यक्तिगत विजयभन्दा पनि सम्पूर्ण उद्योगी–व्यवसायीहरूको विश्वास र अपेक्षाको विजयका रूपमा लिएकी छन्।
गौतमले अब पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त, प्रभावकारी तथा उद्योगी–व्यवसायीहरूको हकहितमा समर्पित संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले उद्योगी–व्यवसायीहरूको समस्या, अधिकार र व्यवसायिक विकासका लागि सबैलाई साथमा लिएर काम गर्ने बताएकी छन्।
“विश्वास तपाईंहरूको, नेतृत्व र जिम्मेवारी अब मेरो,” भन्ने प्रतिबद्धतासहित नवनिर्वाचित अध्यक्ष गौतमले सम्पूर्ण व्यवसायी समुदायको हित र समृद्धिका लागि काम गर्ने बताएकी छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनसँगै अब शोभा गौतमको नेतृत्वमा संघको नयाँ यात्रा सुरु भएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।