शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन प्राप्त गर्दै गौतमले संघको नयाँ नेतृत्व सम्हाल्ने भएकी हुन्।
महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी गौतमको विजयसँगै पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। विजयी भएपछि गौतमले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण उद्योगी–व्यवसायी, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेकी छन्।
उनले आफ्नो विजयलाई व्यक्तिगत विजयभन्दा पनि सम्पूर्ण उद्योगी–व्यवसायीहरूको विश्वास र अपेक्षाको विजयका रूपमा लिएकी छन्।
गौतमले अब पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त, प्रभावकारी तथा उद्योगी–व्यवसायीहरूको हकहितमा समर्पित संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले उद्योगी–व्यवसायीहरूको समस्या, अधिकार र व...










