उद्यमशीलता विकास र रणनीतिक कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न
पोखरा, २०८३ असोज १६ गते । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा उद्यमशीलता विकास तथा रणनीतिक कार्ययोजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
पोखरा महानगरपालिका–१६ स्थित ढिकी डाँडा रिसोर्टमा असोज १५ र १६ गते आयोजित कार्यशालामा संघको आगामी दुई वर्षको रणनीतिक कार्ययोजना, संस्थागत सुदृढीकरण, उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यशालाले संघका आगामी दुई वर्षका प्राथमिकता, रणनीति र कार्यक्रमको खाका तयार गरेको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले उद्यमशीलता विकास, निजी क्षेत्रको प्रवर्द्धन र स्थानीय आर्थिक विकासका लागि उद्योग वाणिज्य संघ तथा स्थानीय तहबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवसायमैत्री वातावरण निर्माण तथा उद्य...



















