मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थापना तथा अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ।

आश्रमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ। साथै अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने, लक्ष्मी–नारायण मन्दिर निर्माण सम्पन्न गरी नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ।

मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो। हाल आश्रम देशका सातै प्रदेशका २२ जिल्लामा २९ सेवा केन्द्रमार्फत सञ्चालनमा रहेको छ भने २१०० भन्दा बढी सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण दिइरहेको छ। पोखरा सेवा केन्द्रमा मात्र हाल २७५ जना आश्रित रहेका छन्।

महायज्ञअन्तर्गत वैशाख १९ गते बिहान ७:३० बजे बाजागाजा, सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिनेछ भने १०:३० बजे औपचारिक उद्घाटन गरिने कार्यक्रम छ। वैशाख २० देखि २६ गतेसम्म दैनिक योग शिविर, विद्यार्थी लक्षित प्रेरणात्मक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, तथा भागवत कथा वाचन सञ्चालन हुने जनाइएको छ। कथा वाचन गुरु भागवत भाष्कर कमलनयन गौतमबाट हुने आयोजकले जनाएको छ।

त्यसैगरी, महायज्ञ अवधिभर भजन–कीर्तन, सांगीतिक प्रस्तुति, धार्मिक अनुष्ठान तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम तय गरिएको छ।


आश्रमका अनुसार हालसम्म पोखरा–२५ हेम्जास्थित भवन निर्माणमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने सम्पूर्ण योजना सम्पन्न गर्न थप ९ देखि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। मासिक करिब ३० लाख रुपैयाँ खर्च हुने आश्रमको सेवा सञ्चालनलाई दिगो बनाउन अक्षयकोष निर्माणलाई प्राथमिकता दिइएको बताइएको छ।

आयोजकले महायज्ञ सफल बनाउन देश तथा विदेशमा रहेका दाताहरू, मानवताप्रेमी तथा सम्पूर्ण सर्वसाधारणलाई सहभागी भई सहयोग गर्न अपिल गरेको छ। साथै सञ्चारमाध्यममार्फत कार्यक्रमको व्यापक प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गर्नुभएको छ। अस...
आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

पोखरा, २८ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता ब...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

काठमाडौँ, चैत २१ — गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। मन्दिर दर...
सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज