मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना
पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थापना तथा अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ।
आश्रमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ। साथै अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने, लक्ष्मी–नारायण मन्दिर निर्माण सम्पन्न गरी नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ।
मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो। हाल आश्रम देशका सातै...










