समाचार

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

गण्डकी, समाचार
पोखरा,असोज २५ पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ को पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले जितेका छन्। उनले निर्धारित ५० किलोमिटर दूरी ५ घण्टा २१ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको संयुक्त आयोजनामा अल्ट्रा ट्रेल रेस आयोजना भएको हो । प्रतियोगिताको ५० किलोमिटर पुरुषतर्फ तिलकबहादुर सुनुवार दोस्रो भए। उनले ५ घण्टा २२ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरे। त्यस्तै, ५ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका दलबहादुर कुँवर तेस्रो भए। रमेश लिम्बू ५ घण्टा ४३ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थानमा रहे,भने अर्जुन कुलुङ राईले पाचौँ स्थान प्राप्त गरे । ५० किलोम...
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

samachar, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ। नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।...
उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

Manavsewa Ashram, Manavsewa Ashram, samachar, गण्डकी
क्यानबेरा, अष्ट्रेलिया । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन अभियान अस्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको छ। सोही क्रममा क्यानबेरामा आयोजित कार्यक्रममा सहकार्य गर्दै उमा हमालले आश्रममा फिजियोथेरापी कक्षका लागि आवश्यक सामग्री खरिदमा सहयोग पुर्‍याउने उद्देश्यले १ हजार अष्ट्रेलियन डलर योगदान प्रदान गर्नुभएको छ। आश्रममा आश्रितहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै फिजियोथेरापी सेवा विस्तारका लागि हमालले उक्त सहयोग गर्नुभएको हो। फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्री व्यवस्थापनमा हमालले पुर्‍याउनुभएको साथले आश्रममा आश्रितहरूको स्वास्थ्य उपचार तथा पुनर्स्थापनाको यात्रामा थप टेवा पुग्ने आश्रमले विश्वास गरेकाे छ । साथै यस सेवा अभियानमा जोडिँदै मानवताको पवित्र कार्यका लागि प्रदान गर्नुभएको यस अमूल्य सहयोगप्रति मानवसेवा आश्रमले कृतज्ञता व्यक्त गरेकाे छ । मानवसेवा आ...
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

गण्डकी, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा आएपछि बैठक शुरू भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्दसत्र शुरू गर्ने कार्यक्रम रहेको छ । उनले भने, 'पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ सही अनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ ।' उनका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। ब...
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा

samachar, राजनीति, समाचार
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १...
उद्यमशीलता विकास र रणनीतिक कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

उद्यमशीलता विकास र रणनीतिक कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

Breaking News 2, samachar, गण्डकी, समाचार
पोखरा, २०८३ असोज १६ गते । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा उद्यमशीलता विकास तथा रणनीतिक कार्ययोजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। पोखरा महानगरपालिका–१६ स्थित ढिकी डाँडा रिसोर्टमा असोज १५ र १६ गते आयोजित कार्यशालामा संघको आगामी दुई वर्षको रणनीतिक कार्ययोजना, संस्थागत सुदृढीकरण, उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यशालाले संघका आगामी दुई वर्षका प्राथमिकता, रणनीति र कार्यक्रमको खाका तयार गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले उद्यमशीलता विकास, निजी क्षेत्रको प्रवर्द्धन र स्थानीय आर्थिक विकासका लागि उद्योग वाणिज्य संघ तथा स्थानीय तहबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवसायमैत्री वातावरण निर्माण तथा उद्य...
पोखरा–२२ का नागरिकलाई प्रयोगशाला परीक्षणमा छुट, सुगर र क्रियाटिनिन निःशुल्क

पोखरा–२२ का नागरिकलाई प्रयोगशाला परीक्षणमा छुट, सुगर र क्रियाटिनिन निःशुल्क

Breaking News 2, गण्डकी, समाचार, स्वास्थ्य
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ का स्थायी तथा अस्थायी बासिन्दाले प्रयोगशाला परीक्षणमा छुट पाउने भएका छन्। वडा कार्यालय र पोखरा महानगरपालिका नगर युवा परिषद्को सहकार्यमा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले वडावासीका लागि यस्तो स्वास्थ्य सुविधा उपलब्ध गराउने भएको हो। सम्झौताअनुसार वडाका नागरिकले ल्याबमा गरिने नियमित प्रयोगशाला परीक्षणमा २० प्रतिशत तथा विशेष परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्। यस्तै,शिविरमा सुगर र क्रियाटिनिन परीक्षण भने निःशुल्क गराउन सकिने व्यवस्था गरिएको छ। निःशुल्क परीक्षण सेवा लिन चाहने वडावासीले सम्बन्धित निकायबाट आधिकारिक सिफारिसपत्र ल्याउनुपर्नेछ। वडा कार्यालय, नगर युवा परिषद्, वडा युवा परिषद्, टोल विकास समिति, महिला समूह वा विकास समितिको सिफारिसका आधारमा निःशुल्क परीक्षणको सुविधा लिन सकिने जनाइएको छ। स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्ने उद्दे...
अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अर्थ, बागमती, राजनीति, समाचार
काठमाडौँ — अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो। प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्य...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

बागमती, राजनीति, समाचार
काठमाडौँ । नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा 'औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा'सम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको हो । प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित यो कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संगठन (युएनआईडिऔ) द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा एक्सिलरेट-टु-डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटी अन्तर्गत सञ्चालित ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजन्ट फोटोभोल्टाइक सिस्टम्स फेज-२ (जीआरआईपीएस२) परियोजना मार्फत आयोजना गरिएको हो। ...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

बागमती, विचार, समाचार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवारलाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको गरेको हो । जल तथा ऊर्जा आयोगका सहसचिव टिकाराम बरालकाअनुसार सोमबारदेखि सुरु भएको नीति सम्वादको पहिलो श्रृंखलामा कोरिडोर विकास योजनाबारे छलफल भएको छ । नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरुको सुझाव लिइएको छ । छलफलमा चार वटा विषय प्रस्तुत गरिएको थियो । पहिलो, जलविद्युत आयोजनाको पूर्वाधार कस्तो हुने ? दोस्रो खोलाको मापदण्ड के हुने ? तेस्रो चक्रिय प्रणाली (इको सिस्टम) र चौथो खोलाको करिडोरमा पूर्वतयारी कसरी गर्नुपर्छ भनेर विज्ञहरुले आ आफ्नो धारणा राख्नुभयो । छलफलमा जलविद्युत योजना विज्ञ दिवस बस्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज