राजनीति

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

samachar, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ। नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।...
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा

samachar, राजनीति, समाचार
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १...
अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा

अर्थ, बागमती, राजनीति, समाचार
काठमाडौँ — अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो। प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्य...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

बागमती, राजनीति, समाचार
काठमाडौँ । नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा 'औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा'सम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको हो । प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित यो कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संगठन (युएनआईडिऔ) द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा एक्सिलरेट-टु-डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटी अन्तर्गत सञ्चालित ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजन्ट फोटोभोल्टाइक सिस्टम्स फेज-२ (जीआरआईपीएस२) परियोजना मार्फत आयोजना गरिएको हो। ...
१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

Artical, Breaking News 1, गण्डकी, राजनीति, विचार, समाचार
पोखरा । उमेर १४ वर्ष। जीवन के हो, भविष्य कस्तो हुन्छ र आफ्ना सपनाहरू के हुन् भन्ने बुझ्ने समय पनि भएको थिएन। घरकी जेठी छोरी भएकै कारण परिवार र समाजको दबाबमा विवाहको निर्णय स्वीकार्नुपर्‍यो। तर त्यो विवाहले जीवनमा खुसीभन्दा बढी पीडा, अपमान र संघर्ष लिएर आयो। बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी शोभा गौतमको जीवन त्यसपछि सहज रहेन। वैवाहिक जीवनमा कुटपिट, हेला, तिरस्कार र अपमान उनको दैनिकी बन्न पुग्यो। आफूलाई असुरक्षित महसुस गर्ने अवस्था यतिसम्म बढ्यो कि पुरुष देख्दा समेत डर लाग्ने अवस्था आयो। पढाइ रोकियो, आत्मविश्वास कमजोर बन्यो र जीवनप्रतिको आशा पनि बिस्तारै हराउँदै गयो। तर यही कठिन परिस्थितिबीच उनको जीवनमा छोराको जन्म भयो। छोराको भविष्यप्रतिको जिम्मेवारीले उनलाई फेरि संघर्ष गर्ने हिम्मत दियो। छोराको पालनपोषण र भविष्यका लागि उनले पोखरा उद्योग वाणिज्य सङ्घ अगाडि सानो चिया पसल सञ्चालन गर...
रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

गण्डकी, राजनीति, समाचार
बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा माझीले ९३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्नुभएको हो। शर्माले ८२ मत प्राप्त गर्नुभएको थियो। उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी देबु जंगले ७५ मत प्राप्त गर्नुभयो। सचिवमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा भने कडा प्रतिस्पर्धा भएको थियो। बालकृष्ण शर्मा ८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गर्नुभयो। शर्मा ३ मतको झिनो अन्तरले निर्वाचित हुनुभएको हो। त्यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा रामप...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालयमा आज गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्ने स्पष्ट प्रतिबद्धता जनाइन्। छलफलका क्रममा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता तथा अनुदान कटौतीजस्ता महत्वपूर्ण विषयहरूमा गहन बहस भएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका समस्याहरू र सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए। भिम ढुंगाना, नगरपालिकाका अध्यक्षले स्थानीय तहमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी दिँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण तथा भूमि व्यवस्थापनका विषयमा ध्यानाकर्षण...
गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

Breaking News 2, बागमती, राजनीति, समाचार
काठमाडौँ, चैत २१ — गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। मन्दिर दर्शनसँगै उहाँले पशुपति क्षेत्रको समग्र अवस्थाको अवलोकन समेत गर्नुभएको जनाइएको छ। गृहमन्त्री पद सम्हालेपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो। आज हनुमान जयन्ती परेको अवसर पारेर उहाँ मन्दिर पुगेको बताइएको छ, जसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा लिइन्छ। हनुमान जयन्ती हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ। शक्ति, भक्ति, साहस र निष्ठाका प्रतीकका रूपमा हनुमानको पूजा गरिने परम्परा छ। देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिन्छ भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै दर्शनका लागि मन्दिर पुग्ने गर्दछन्। आज पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भ...
कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 2, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले कास्की क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि विद्यार्थी हकहित, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। पछिल्लो समय ‘जेन–जी आन्दोलन’मा अग्रपंक्तिमा रहेर गण्डकी प्रदेशको नेतृत्व गरेका उनी युवापंक्तिमाझ लोकप्रिय मानिन्छन्। नेविसंघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका र संगठनभित्र स्थापित नाम हुन्। राजनीतिक चेतना, आन्दोलनको अनुभव तथा युवापंक्तिको समर्थनलाई आधार बनाउँदै उनले यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा जनमत परीक्षण गर्ने निर्णय गरेका हुन्। पौडेलले नेपाली कांग्रेसभित्र दास र लासको राजनीति चल्न नहुने बताउँदै पुस्तान्तर...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ । बैठकको कार्यसूची यस्तो छ  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज