कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले कास्की क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

लामो समयदेखि विद्यार्थी हकहित, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। पछिल्लो समय ‘जेन–जी आन्दोलन’मा अग्रपंक्तिमा रहेर गण्डकी प्रदेशको नेतृत्व गरेका उनी युवापंक्तिमाझ लोकप्रिय मानिन्छन्।

नेविसंघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका र संगठनभित्र स्थापित नाम हुन्। राजनीतिक चेतना, आन्दोलनको अनुभव तथा युवापंक्तिको समर्थनलाई आधार बनाउँदै उनले यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा जनमत परीक्षण गर्ने निर्णय गरेका हुन्।
पौडेलले नेपाली कांग्रेसभित्र दास र लासको राजनीति चल्न नहुने बताउँदै पुस्तान्तरणको व्यावहारिक पक्षलाई लागू गर्नुपर्नेमा जोड दिएका छन्। परम्परागत राजनीतिक प्रवृत्तिभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद गर्दै युवा, विद्यार्थी तथा परिवर्तन चाहने वर्गको प्रतिनिधित्व गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

कास्की क्षेत्र नम्बर–२ मा पौडेलको स्वतन्त्र उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिसम्म पुग्ने नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज