Day: ७ माघ २०८२, मंगलवार

कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 2, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले कास्की क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि विद्यार्थी हकहित, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। पछिल्लो समय ‘जेन–जी आन्दोलन’मा अग्रपंक्तिमा रहेर गण्डकी प्रदेशको नेतृत्व गरेका उनी युवापंक्तिमाझ लोकप्रिय मानिन्छन्। नेविसंघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका र संगठनभित्र स्थापित नाम हुन्। राजनीतिक चेतना, आन्दोलनको अनुभव तथा युवापंक्तिको समर्थनलाई आधार बनाउँदै उनले यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा जनमत परीक्षण गर्ने निर्णय गरेका हुन्। पौडेलले नेपाली कांग्रेसभित्र दास र लासको राजनीति चल्न नहुने बताउँदै पुस्तान्तर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज