बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ।
शनिबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा माझीले ९३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्नुभएको हो। शर्माले ८२ मत प्राप्त गर्नुभएको थियो।
उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी देबु जंगले ७५ मत प्राप्त गर्नुभयो।

सचिवमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गर्नुभयो।
सहसचिव पदमा भने कडा प्रतिस्पर्धा भएको थियो। बालकृष्ण शर्मा ८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गर्नुभयो। शर्मा ३ मतको झिनो अन्तरले निर्वाचित हुनुभएको हो।
त्यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा रामप्रसाद अधिकारी १०२ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी यमकुमार मल्लले ६८ मत प्राप्त गर्नुभयो। क्षेत्रीय सदस्य (क्षेत्र नं. २) मा हिमाल खत्री ९७ मतसहित विजयी हुँदा कृष्णबहादुर नेपालीले ७४ मत प्राप्त गर्नुभयो।
यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पुनमप्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गरिएको थियो। उक्त प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अध्यक्षका अर्का आकांक्षी ढालेन्द्र रायमाझी पक्षले विरोध जनाएको थियो। त्यसपछि निर्वाचन प्रक्रियाबारे केन्द्रीय तहमा उजुरी परेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त अधिवेशन बदर गर्दै पुनः निर्वाचन गराउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार शनिबार सम्पन्न पुनः निर्वाचनबाट ढालेन्द्र माझीको नेतृत्वमा रास्वपा बागलुङको नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।