१४ वर्षमै विवाह, हिंसादेखि व्यवसाय र नेतृत्वसम्म : शोभा गौतमको संघर्षशील यात्रा

पोखरा ।
उमेर १४ वर्ष। जीवन के हो, भविष्य कस्तो हुन्छ र आफ्ना सपनाहरू के हुन् भन्ने बुझ्ने समय पनि भएको थिएन। घरकी जेठी छोरी भएकै कारण परिवार र समाजको दबाबमा विवाहको निर्णय स्वीकार्नुपर्‍यो। तर त्यो विवाहले जीवनमा खुसीभन्दा बढी पीडा, अपमान र संघर्ष लिएर आयो।

बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी शोभा गौतमको जीवन त्यसपछि सहज रहेन। वैवाहिक जीवनमा कुटपिट, हेला, तिरस्कार र अपमान उनको दैनिकी बन्न पुग्यो। आफूलाई असुरक्षित महसुस गर्ने अवस्था यतिसम्म बढ्यो कि पुरुष देख्दा समेत डर लाग्ने अवस्था आयो। पढाइ रोकियो, आत्मविश्वास कमजोर बन्यो र जीवनप्रतिको आशा पनि बिस्तारै हराउँदै गयो।

तर यही कठिन परिस्थितिबीच उनको जीवनमा छोराको जन्म भयो। छोराको भविष्यप्रतिको जिम्मेवारीले उनलाई फेरि संघर्ष गर्ने हिम्मत दियो।

छोराको पालनपोषण र भविष्यका लागि उनले पोखरा उद्योग वाणिज्य सङ्घ अगाडि सानो चिया पसल सञ्चालन गर्न थालिन्। बैंकिङ, बचत वा व्यवसाय व्यवस्थापनबारे खासै जानकारी थिएन। सुत्केरी शरीर, आर्थिक अभाव र पारिवारिक पीडाबीच पनि उनले दिनरात काम गरिन्।

समाजका अनेक टिप्पणी र अपमान सहनुपर्‍यो। चिया पसलमा आउने मानिसका अनावश्यक टिप्पणीदेखि लिएर सामाजिक तिरस्कारसम्म उनले सहिन्। तर आफ्ना पीडा परिवारको इज्जतका लागि मनभित्रै दबाएर अघि बढिरहिन्।

घरबाट निकालिएपछि चौतारीमा बिते चाडपर्व

उनको जीवनमा अर्को ठूलो चोट त्यतिबेला आयो, जब श्रीमानले घरका सामानसमेत उठाएर उनलाई समाजकै अगाडि घरबाट निकालिदिए। सानो छोरा अर्को दिनदेखि छिमेकीको झ्यालबाट आफ्नै घरतिर हेरेर बस्न बाध्य भयो।

त्यो पीडादायी क्षण आज पनि उनको स्मृतिमा ताजै छ।

तर त्यतिबेला पनि उनले अपेक्षा गरेको साथ पाउन सकिनन्। बरु समाज र माइती पक्षबाट समेत दोषको सामना गर्नुपर्‍यो।

दशैँ, तिहार र तीजजस्ता चाडपर्व पनि उनका लागि खुसीका अवसर बन्न सकेनन्। धेरैपटक छोरालाई काखमा च्यापेर नारायणथान मन्दिरको चौतारीमा चाडपर्व बिताउनुपर्‍यो। आर्थिक अभावका कारण छोराको विद्यालयसमेत परिवर्तन गर्नुपर्ने अवस्था आयो।

पीडा यति गहिरो थियो कि जीवन समाप्त गर्ने सोचसमेत पटक–पटक आएको उनी बताउँछिन्। तर उनको सानो छोरा नै उनको जीवन जोगाउने सबैभन्दा ठूलो कारण बन्यो।

पछि श्रीमानले अन्य विवाहसमेत गरे। त्यसपछि भने शोभाले आफ्नो जीवनलाई नयाँ ढङ्गले अघि बढाउने दृढ निर्णय गरिन्।

चिया पसलबाट ब्युटी पार्लरसम्म

चिया पसल बेचेर उनले २०६५ सालदेखि ब्युटी पार्लरसम्बन्धी तालिम लिन थालिन्। त्यसपछि महेन्द्रपुलमा आफ्नै ब्युटी पार्लर सञ्चालन गरिन्।

त्यतिबेला ब्युटी पार्लर व्यवसायलाई समाजले आजजस्तो सहज रूपमा स्वीकार गर्दैनथ्यो। विशेषगरी एकल महिलाका लागि व्यवसाय सञ्चालन गर्नु आफैंमा ठूलो चुनौती थियो। तर शोभाले सामाजिक धारणा र आलोचनालाई आफ्नो यात्राको अवरोध बन्न दिइनन्।

लगभग आठ वर्षपछि उनले आफ्नो व्यवसायिक यात्रा अझ फराकिलो बनाउँदै डिपार्टमेन्टल स्टोर, इभेन्ट व्यवस्थापन, मार्केटिङ तथा विज्ञापनको क्षेत्रमा काम सुरु गरिन्। देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्ने अवसर प्राप्त गरिन्।

व्यवसायसँगै सामाजिक सेवाप्रति पनि उनको रुचि बढ्दै गयो। विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध हुँदै उनले असहाय, विपन्न र आवश्यकतामा रहेका व्यक्तिहरूको सेवामा आफूलाई सक्रिय बनाइन्।

विशेषगरी मानवसेवा आश्रम तथा लायन्स क्लब लगायतका संस्थामार्फत सामाजिक सेवामा सहभागी हुँदै उनले नेतृत्वलाई केवल पद नभई सेवा, संवेदनशीलता र जिम्मेवारीका रूपमा बुझ्ने अवसर पाइन्।

उनका लागि यही सामाजिक यात्रा जीवनको महत्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ।

जहाँ चिया बेचिन्, त्यहीँबाट नेतृत्वको यात्रा

उनको जीवनको एउटा रोचक संयोग छ।

१६ वर्षको उमेरमा जुन पोखरा उद्योग वाणिज्य सङ्घ अगाडि उनले चिया पसल सञ्चालन गरेकी थिइन्, समयक्रममा त्यही संस्थाको साधारण सदस्य बनेर उनले आफ्नो संस्थागत नेतृत्वको यात्रा सुरु गरिन्।

एकल महिला हुनु र पितृसत्तात्मक सोच बलियो रहेको सामाजिक परिवेशका बीच पनि उनले निरन्तर काम गरिन्। सङ्घका विभिन्न उपसमितिमा रहेर अग्रजहरूबाट सिक्ने अवसर पाइन्।

पहिलोपटक कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिँदा समय नपुगेका कारण उनको उम्मेदवारी रद्द भयो। तर त्यसले उनको आत्मविश्वास कमजोर बनाएन।

फेरि उम्मेदवारी दिइन्। व्यवसायीहरूको उल्लेख्य समर्थनसहित कार्यसमिति सदस्यमा निर्वाचित भइन्। त्यसपछि निरन्तर काम गर्दै उपमहासचिवको जिम्मेवारी सम्हालिन् र हाल महासचिवको भूमिकामा रहेर काम गरिरहेकी छन्।

उनको नेतृत्व यात्रामा एउटा कुरा निरन्तर रह्यो—इमानदारिता।

उनी जुनसुकै पदमा रहे पनि आफ्नो पहिलो प्रतिबद्धता इमानदारिताप्रति रहेको बताउँछिन्।

अब अध्यक्ष बन्ने लक्ष्य

अब उनको महासचिवको कार्यकाल समाप्त हुँदैछ। त्यससँगै उनले पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि उम्मेदवारी प्रस्तुत गरेकी छन्।

सङ्घको लामो र गौरवशाली इतिहासलाई हेर्दा नेतृत्व तहमा पुग्ने महिला प्रतिनिधित्व अझै पर्याप्त हुन नसकेको उनको बुझाइ छ। विगतमा विभिन्न अग्रज महिला व्यवसायीहरूले निर्वाचनमा सहभागिता जनाए पनि नेतृत्वको सर्वोच्च जिम्मेवारीमा पुग्ने अवसर भने प्राप्त गर्न नसकेको उनी बताउँछिन्।

त्यसैले यसपटक उनको उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक वा व्यावसायिक महत्वाकांक्षाका रूपमा मात्र होइन, महिला नेतृत्वका लागि नयाँ सम्भावनाको ढोका खोल्ने प्रयासका रूपमा प्रस्तुत भएको छ।

उनको भनाइमा, यदि व्यवसायीहरूले विश्वास गरेर आफूलाई अध्यक्षमा निर्वाचित गरे भने त्यो केवल शोभा गौतमको व्यक्तिगत जित हुनेछैन। त्यो संघर्ष, इमानदारिता, समान अवसर र महिला नेतृत्वमाथिको विश्वासको जित हुनेछ।

१४ वर्षको उमेरमा आफ्नो जीवनको निर्णय आफैं गर्न नपाएकी एउटी बालिका, वैवाहिक हिंसा र सामाजिक तिरस्कारसँग लड्दै छोराको भविष्यका लागि सडकछेउको चिया पसलबाट संघर्ष सुरु गर्ने महिला, त्यही संघर्षबाट व्यवसायी बन्दै सामाजिक सेवामा सक्रिय हुने र अन्ततः पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि उम्मेदवारी दिने अवस्थामा पुग्नु—यो यात्रा आफैंमा एउटा संघर्षको कथा हो।

अब उनको अगाडिको परीक्षा निर्वाचन हो।

उनले व्यवसायीहरूसँग मतसँगै विश्वास मागेकी छन्—र त्यो विश्वासलाई महिला नेतृत्वको नयाँ अध्याय लेख्ने अवसरका रूपमा हेरेकी छन्।

“महिलाले पनि सक्षम नेतृत्व गर्न सक्छन्, संस्था सफलतापूर्वक हाँक्न सक्छन् भन्ने इतिहास र उदाहरण स्थापित गर्ने अवसर प्रदान गरिदिनुहोस्,” भन्ने उनको अपेक्षा छ।

अब निर्णय पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य व्यवसायीहरूको हातमा छ—शोभा गौतमको दशकौँ लामो संघर्षले नेतृत्वको नयाँ अध्याय लेख्छ कि लेख्दैन भन्ने।

Valley Khabar Media

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा

भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk