पोखरा,
पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीद्वारा विशेष प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।
मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा “पितृमोक्ष तथा आत्मशान्तिको पावन अभिष्टले आयोजित” श्रीमद्भागवत् ज्ञान–विज्ञान महायज्ञ–२०८३ लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा जीवन रूपान्तरण र सकारात्मक सोचसम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रवाह गरिएको थियो।

कार्यक्रममा बोल्दै रामजी अधिकारीले मानव जीवनको मूल्य, सेवा भाव, तथा समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँले महायज्ञ जस्तो पवित्र कार्यमा सबैलाई सहभागी हुन आग्रह गर्दै मानवताको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताउनुभयो।
उक्त कार्यक्रमको उद्घाटन वडा नं. १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष पाण्डेले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्दै महायज्ञ सफलताको कामना गर्नुभयो।

स्थानीय जेष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा महायज्ञबारे जानकारी गराउनुका साथै उपस्थित सबैलाई हार्दिक निमन्त्रणा समेत गरिएको थियो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।