पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र धैर्यताको महत्वबारे प्रशिक्षण दिनुभएको थियो। साथै, व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई तनाव व्यवस्थापनका उपायहरू पनि सिकाइएको थियो।

उक्त कार्यक्रम महिला सञ्जाल, पोखरा–६ बैदामको आयोजनामा तथा मानवसेवा आश्रम को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई मानसिक रूपमा सबल बनाउँदै परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।