५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ।

गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ।


शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए ।पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाई राखे। सबैको सद्प्रयासले महोत्सव सफल भएको उनले स्पष्ट पारे।
पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाँले आलु महोत्सवले निरन्तरता पाउनु खुशीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्ययम मार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनले भनाई छ।
आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमशः नगद रु। १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।


त्यसैगरी कृषि झाँकी ¥याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तिब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ।त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो।
महोत्सबमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तति रहे।
यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो।
महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम
मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गर्नुभएको छ। अस...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

काठमाडौँ, चैत २१ — गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। मन्दिर दर...
सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज