महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख ।

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।

मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।


हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको मंगलबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका धुर्व विजुक्छेले बताए । ग्राहकको अत्याधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ ।
आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छे«, रुपा एवम् मादी गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही, मकवानपुर लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने मंगलबार साँझसम्म २० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।


महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन मंगलबार नयाँवर्षको सार्वजनिक विदा परेकाले त्यहाँ दर्शकको भीडभाड देख्न सकिन्थ्यो । मंगलबार मात्रै १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएका छन् ।
महोत्सव अन्तर्गत मंगलबार कलाकारहरु शिव हमाल, राजु ढकाल, कृष्ण गुरुङ, नेत्र खड्का, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार, सर्गम गिरी, विपशा चदारो लगायत धवलागिरी बोडिङ स्कूलले प्रस्तति राखे । त्यस्तै पप कन्सर्टतर्फ पोखरेली व्याण्डका अलवा एञ्जिला रेग्मी र गगन गुरुङले प्रस्तति राख्दै दर्शकलाई नचाए ।


त्यस्तै महोत्सवमा बुधबार कलाकारहरु समीक्षा अधिकारी, कुमार पुन, राजन कार्की, तुलसा क्षत्री, नवराज अधिकारी, दुर्गा क्षत्री लगायतका प्रस्तुति रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।
महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउविजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् ।
महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । म...
स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

स्वास्थ्य मन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गर्नुभएको छ। अस...
आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

पोखरा, २८ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता ब...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

काठमाडौँ, चैत २१ — गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। मन्दिर दर...
सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज