Day: २ बैशाख २०८३, बुधबार

महोत्सवमा आलु किन्नेको घुइँचो

महोत्सवमा आलु किन्नेको घुइँचो

समाचार
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ । हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको मंगलबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका धुर्व विजुक्छेले बताए । ग्राहकको अत्याधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छे«, रुपा एवम् मादी गाउँपालिक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज