जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्माणमा सरकारलाई नीतिगत राय सल्लाह सुझाव दिँदै आएको वेक्सले सबै सरोकारवारलाको चासो समेट्न पोलिसी डायलग सुरु गरेको गरेको हो ।
जल तथा ऊर्जा आयोगका सहसचिव टिकाराम बरालकाअनुसार सोमबारदेखि सुरु भएको नीति सम्वादको पहिलो श्रृंखलामा कोरिडोर विकास योजनाबारे छलफल भएको छ । नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरुको सुझाव लिइएको छ ।
छलफलमा चार वटा विषय प्रस्तुत गरिएको थियो । पहिलो, जलविद्युत आयोजनाको पूर्वाधार कस्तो हुने ? दोस्रो खोलाको मापदण्ड के हुने ? तेस्रो चक्रिय प्रणाली (इको सिस्टम) र चौथो खोलाको करिडोरमा पूर्वतयारी कसरी गर्नुपर्छ भनेर विज्ञहरुले आ आफ्नो धारणा राख्नुभयो ।
छलफलमा जलविद्युत योजना विज्ञ दिवस बस्न...



















