पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हासिल गरेकी छन्। विश्वप्रसिद्ध सामाजिक सञ्जाल Instagram को आधिकारिक ‘Reels’ च्यानलमा उनको भिडियो फिचर्ड भएसँगै नेपाली डिजिटल क्रिएटरहरूको पहुँच विश्व बजारसम्म पुगेको छ।

इन्स्टाग्रामले सीमित संख्यामा मात्र अकाउन्टलाई फलो गर्ने परम्परा राख्दै आएको छ। हाल करिब २०१ अकाउन्टलाई फलो गरिरहेको इन्स्टाग्रामको सूचीमा सुरक्ष्या केसीको ‘imsurakshyakc’ अकाउन्ट समावेश हुनु नेपाली क्रिएटर समुदायका लागि गर्वको विषय बनेको छ। करिब ६९ करोडभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्रामको आधिकारिक प्लेटफर्ममा उनको सामग्री स्थान पाउनु आफैंमा ठूलो उपलब्धि मानिएको छ।

नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूमा मोटरसाइकलमार्फत गरिएको यात्राका दृश्यहरू, साहसी र प्रेरणादायी महिला राइडरको छवि प्रस्तुत गर्ने उनका भिडियोहरूलाई इन्स्टाग्रामले विश्वव्यापी दर्शकमाझ प्रस्तुत गरेको हो। यस उपलब्धिसँगै उनी सम्भवतः पहिलो नेपाली महिला मोटोभ्लगर हुन् जसको सामग्री इन्स्टाग्रामको आधिकारिक Reels च्यानलमा फिचर्ड भएको छ।

पोखरालाई कर्मथलो बनाएर यात्रा सुरु गरेकी सुरक्ष्याले लामो समयदेखि नेपाली पर्यटन प्रवर्द्धन र साहसिक मोटरसाइकल यात्रालाई डिजिटल माध्यममार्फत अघि बढाउँदै आएकी छन्। उनको यो अन्तर्राष्ट्रिय पहिचानले नेपाली मौलिकता, साहसिक पर्यटन र डिजिटल क्रिएटरहरूको क्षमता विश्वस्तरमा चिनाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

उनको सफलतापछि सामाजिक सञ्जालमा शुभेच्छुक र प्रशंसकहरूको बधाईको ओइरो लागेको छ भने इन्स्टाग्राममा फलोअर्सको संख्या र भिडियोमा आउने अन्तर्राष्ट्रिय प्रतिक्रियासमेत तीव्र रूपमा बढिरहेको छ। यस घटनाले नेपालका युवा तथा महिला राइडरहरूलाई नयाँ उचाइ छुन प्रेरणा दिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज