पोखरा — ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङले आज ‘यूके इन्फो सेसन २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवश्यक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बेलायतका विश्वविद्यालय तथा अध्ययन अवसरबारे विस्तृत जानकारी दिइनुका साथै छात्रवृत्ति सम्बन्धी सूचना प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले अध्ययनका लागि आवश्यक प्रक्रिया, भर्ना मार्गदर्शन, भिसा तथा केयर एडभाइससम्बन्धी परामर्शसमेत प्राप्त गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा British Council का आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट तथा परामर्शको अवसर उपलब्ध गराइएको थियो। साथै, एक–एक जना विद्यार्थीलाई लक्षित व्यक्तिगत (वन–टु–वन) काउन्सेलिङ सत्रमार्फत उनीहरूको शैक्षिक योजना र करिअर लक्ष्यअनुसार मार्गदर्शन गरिएको थियो।
कार्यक्रममा ‘बेलायतमा अध्ययन गरेपछि के अवसरहरू खुल्छन् ?’, ‘अन्तर्राष्ट्रिय श्रम बजारमा यूके डिग्रीको महत्त्व’ तथा विश्व बजारमा रोजगारी र करिअरका सम्भावनाबारे समेत जानकारी दिइयो। विद्यार्थीहरूले प्राप्त जानकारीलाई आफ्नो भविष्यको योजना बनाउन उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
आज सम्पन्न कार्यक्रममा करिब ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङले आगामी दिनमा पनि विदेश अध्ययन सम्बन्धी यस्ता सूचना तथा परामर्श कार्यक्रमहरू निरन्तर आयोजना गर्ने बताएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।