ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङद्वारा ‘यूके इन्फो सेसन २०२६’ सफलतापूर्वक सम्पन्न
पोखरा — ब्लु बर्ड इन्फर्मेसन एन्ड करियर काउन्सेलिङले आज ‘यूके इन्फो सेसन २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवश्यक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बेलायतका विश्वविद्यालय तथा अध्ययन अवसरबारे विस्तृत जानकारी दिइनुका साथै छात्रवृत्ति सम्बन्धी सूचना प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले अध्ययनका लागि आवश्यक प्रक्रिया, भर्ना मार्गदर्शन, भिसा तथा केयर एडभाइससम्बन्धी परामर्शसमेत प्राप्त गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा British Council का आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट तथा परामर्शको अवसर उपलब्ध गराइएको थियो। साथै, एक–एक जना विद्यार्थीलाई लक्षित व्यक्तिगत (वन–टु–वन) काउन्सेलिङ सत्रमार्फत उनीहरूको शैक्षिक योजना र करिअर लक्ष्यअनुसार मार्गदर्शन गरिएको थियो।
कार्यक्रममा ‘बेलायतमा अध्ययन गरेपछ...










