पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १४औं संस्करणको पोखरा महोत्सव भव्य तथा सभ्य बनाउन विस्तृत तयारी अगाडि बढाएको छ। आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मुल आयोजक समिति संयोजक लोकबहादुर थापाको नेतृत्वमा ३३ वटा उपसमिति गठन गरिएको छ।
विभिन्न उपसमितिमा नेतृत्व चयन
कार्य सम्पादनदेखि सुरक्षासम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उपसमितिहरू बनाइएको क्लबले जनाएको छ।
त्यस्तै खानेपानी तथा सरसफाइ, सुरक्षा, ट्राफिक, स्वास्थ्य, पार्किङ, विद्यालय समन्वय, अतिरिक्त क्रियाकलाप, विद्युत, खानाखाजा, मुख्य ढोका व्यवस्थापनलगायतका समितिमा समेत संयोजकहरू तोकिएका छन्।

सल्लाहकार टिममा ७० भन्दा बढी व्यक्तित्व
महोत्सवलाई प्रभावकारी बनाउन सामाजिक, राजनीतिक, समुदायिक तथा स्थानीय नेतृत्वसहित ७० भन्दा बढी व्यक्तिहरू सल्लाहकारमा चयन गरिएको क्लबले जानकारी दिएको छ।
सल्लाहकारमा लिलाधर अधिकारी, कृष्ण केसी, सम्मरबहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, विभिन्न वडा अध्यक्षहरू, समाजका अगुवाहरू तथा वरिष्ठ व्यक्तित्वहरूको समावेश छ।
पर्यटन समृद्धि र सांस्कृतिक प्रवद्र्धन मुख्य लक्ष्य
युनाइटेड क्लब पोखराले हरेक वर्ष जस्तै यस वर्षको महोत्सवलाई पनि पर्यटन बढावा, स्थानीय कला–संस्कृतिको संरक्षण, व्यापारिक गतिविधि सुदृढीकरण र सामाजिक एकताको अभिवृद्धि हुनेगरी सञ्चालन गरिने जनाएको छ।
क्लबका अनुसार १४औं संस्करणमा नयाँ आकर्षण, विशेष झाँकी, राष्ट्रिय कलाकारका प्रस्तुति, स्थानीय उत्पादनका स्टल, खानाखाजा क्षेत्र तथा मनोरञ्जनात्मक गतिविधिहरू थप व्यवस्थित रूपमा प्रस्तुत गरिनेछ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।