१४औं पोखरा महोत्सवका लागि ३३ उपसमिति र ठूलो सल्लाहकार टिम घोषणा
पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १४औं संस्करणको पोखरा महोत्सव भव्य तथा सभ्य बनाउन विस्तृत तयारी अगाडि बढाएको छ। आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मुल आयोजक समिति संयोजक लोकबहादुर थापाको नेतृत्वमा ३३ वटा उपसमिति गठन गरिएको छ।
विभिन्न उपसमितिमा नेतृत्व चयन
कार्य सम्पादनदेखि सुरक्षासम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उपसमितिहरू बनाइएको क्लबले जनाएको छ।
कार्य सम्पादन उपसमिति : राजु श्रेष्ठ
अतिथि व्यवस्थापन : हिमालय बख्रेल
झाँकी र्याली व्यवस्थापन : सूकबहादुर गुरुङ
अनुगमन : लालकाजी गुरुङ
कलाकार व्यवस्थापन : गणेश तिमिल्सिना
सचिवालय : शान्तबहादुर थापा
प्रायोजक व्यवस्थापन : सूर्यबहादुर बानियाँ
प्रचार–प्रसार : दिनेश सुनार
अर्थ तथा स्टल व्यवस्थापन : जयराम आचार्य
स्वयंसेवक व्यवस्थापन : सन्तोष कार्की
संघ–संस्था समन...










