मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार

पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १ हजार ६४९ जना सडक सहयोगापेक्षी मानवको उद्दार गरेको छ । उद्दार गरिएकामध्ये ७ सय २ जना पुरुष र ९ सय ४७ जना महिला रहेका छन् ।

आश्रमले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा हालसम्मको प्रगति प्रतिवेदन तथा वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार उद्दार गरिएका मध्ये १ हजार १ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । जसमा ६ सय ९५ जना पुरुष र ४ सय ६२ जना महिला रहेका छन् ।

उद्दार गरिएका मध्ये १ सय ७० जनाको निधन भएको छ । निधन हुनेमा ८९ जना पुरुष र ८१ जना महिला रहेका छन् । स्वेच्छाले आश्रम छाड्नेको संख्या ९ सय पुगेको छ भने ४७ जनाको सामुदायिक पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आश्रमले पारिवारिक पुनर्मिलन वा स्वेच्छाले आश्रम छाडेर पुनः सडक आश्रित बन्न पुगेकाहरुलाई समेत उद्दार गर्दै आएको छ । यस क्रममा पोखरा शाखाले हालसम्म २ सय ७५ जनाको पुनः उद्दार गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्र पोखरा शाखाले २ सय ८३ जनाको उद्दार गरेको छ । जसमा १ सय ७१ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् । सो अवधिमा उद्दार गरिएकामध्ये १५ जनाको निधन भएको छ भने ९० जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । सबैभन्दा बढी कास्की जिल्लाको पोखरा महानगरपालिकाबाट सडक सहयोगापेक्षी मानवको उद्दार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मानवसेवा आश्रमले समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै समय–समयमा सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनुवाइ तथा आय–व्यय सार्वजनिक गर्न सुझाव दिए । उनले गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै मानसिक स्वास्थ्य उपचार केन्द्रको आवश्यकता औंल्याए । पोखरा सिर्जनाचोकस्थित समन्वय समितिको जग्गामा उपचार केन्द्र स्थापना गर्ने प्रयास प्रदेश सरकारको बेवास्ताका कारण पूरा हुन नसकेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले वडा नं. ९ सडक सहयोगापेक्षी मानव बढी भेटिने क्षेत्र भए पनि मानवसेवा आश्रमको सक्रियतापछि समस्या घट्दै गएको बताए । सडक आश्रितहरुलाई आश्रमसम्म लैजान वडाले निरन्तर समन्वय गर्दै आएको उनले जानकारी दिए ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरालाई सडकमानवरहित सहर बनाउने अभियानमा मानवसेवा आश्रमको भूमिका महत्वपूर्ण रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले सडक सहयोगापेक्षी मानव व्यवस्थापनमा मानवसेवा आश्रमको योगदानका कारण पोखरामा सडक मानवको संख्या उल्लेख्य रूपमा घट्दै गएको बताए ।

कार्यक्रममा मानवसेवा आश्रम पोखरा शाखाकी सह–संयोजक सञ्जु मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो न...
पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हास...
पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका सा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज