मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार
पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १ हजार ६४९ जना सडक सहयोगापेक्षी मानवको उद्दार गरेको छ । उद्दार गरिएकामध्ये ७ सय २ जना पुरुष र ९ सय ४७ जना महिला रहेका छन् ।
आश्रमले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा हालसम्मको प्रगति प्रतिवेदन तथा वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार उद्दार गरिएका मध्ये १ हजार १ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । जसमा ६ सय ९५ जना पुरुष र ४ सय ६२ जना महिला रहेका छन् ।
उद्दार गरिएका मध्ये १ सय ७० जनाको निधन भएको छ । निधन हुनेमा ८९ जना पुरुष र ८१ जना महिला रहेका छन् । स्वेच्छाले आश्रम छाड्नेको संख्या ९ सय पुगेको छ भने ४७ जनाको सामुदायिक पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आश्रमले पारिवारिक पुनर्मिलन वा स्वेच्छाले आश्रम छाडेर पुनः सडक आश्रित बन्न पुगेकाहरुलाई समेत उद्दार गर्दै आएको छ । यस क्रम...










