कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल २७औँ वर्षमा प्रवेश

पोखरा, २१ माघ । पोखराको न्युरोडमा अवस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल स्थापना भएको २६ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ।

स्थापनाको अवसरमा बुधबार अस्पतालले विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले स्थापना कालदेखि नै गुणस्तरीय दन्त उपचार र बिरामीको विश्वासलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको बताए। उनले आगामी दिनमा आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा पहुँचयोग्य सेवामार्फत अझ प्रभावकारी दन्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उनले संस्थाको स्थापना इतिहाससमेत प्रकाश पारे।

कार्यक्रममा अस्पतालका सिइओ प्रतिकमान श्रेष्ठले सानो क्लिनिकबाट सुरु भएको अस्पताल आज यस क्षेत्रकै उत्कृष्ट दन्त अस्पतालको रूपमा विकसित भएको उल्लेख गरे। उनले अस्पतालले विभिन्न जिल्लामा पुगेर निःशुल्क दन्त परीक्षणलगायतका शिविरहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

त्यसैगरी प्राचार्य श्रेया थापाले कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा हाल स्वास्थ्य क्षेत्रका चारवटा विधामा अध्ययन अध्यापन हुँदै आएको जानकारी दिइन्।

कार्यक्रममा अस्पतालका निर्देशक दृष्टि गुरुङ, इन्चार्ज प्रमिला पौडेल, डा. अनुपा वाग्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा अस्पतालले कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरेको थियो भने माघ ११ गतेदेखि १५ गतेसम्म आयोजना गरिएको स्पोर्ट्स मिटका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।

हाल कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पतालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा तहका चारवटा फ्याकल्टी सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज