गण्डकी

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

गण्डकी, राजनीति, समाचार
बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा माझीले ९३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पुनम शर्मालाई ११ मतान्तरले पराजित गर्नुभएको हो। शर्माले ८२ मत प्राप्त गर्नुभएको थियो। उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी देबु जंगले ७५ मत प्राप्त गर्नुभयो। सचिवमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा भने कडा प्रतिस्पर्धा भएको थियो। बालकृष्ण शर्मा ८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गर्नुभयो। शर्मा ३ मतको झिनो अन्तरले निर्वाचित हुनुभएको हो। त्यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा रामप...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

Breaking News 2, गण्डकी, समाचार
पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीद्वारा विशेष प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) द्वारा “पितृमोक्ष तथा आत्मशान्तिको पावन अभिष्टले आयोजित” श्रीमद्भागवत् ज्ञान–विज्ञान महायज्ञ–२०८३ लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा जीवन रूपान्तरण र सकारात्मक सोचसम्बन्धी महत्वपूर्ण सन्देशहरू प्रवाह गरिएको थियो। कार्यक्रममा बोल्दै रामजी अधिकारीले मानव जीवनको मूल्य, सेवा भाव, तथा समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँले महायज्ञ जस्तो पवित्र कार्यमा सबैलाई सहभागी हुन आग्रह गर्दै मानवताको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताउनुभयो। उक्त कार्यक्रमको उद्घाटन वडा नं. १९ का अध्यक्ष पुष्पेन्द्र प...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

अर्थ, गण्डकी
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ। शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए ।पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख ...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Breaking News 2, गण्डकी, समाचार
पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र धैर्यताको महत्वबारे प्रशिक्षण दिनुभएको थियो। साथै, व्यवहारिक अभ्यासमार्फत सहभागीहरूलाई तनाव व्यवस्थापनका उपायहरू पनि सिकाइएको थियो। उक्त कार्यक्रम महिला सञ्जाल, पोखरा–६ बैदामको आयोजनामा तथा मानवसेवा आश्रम को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई मानस...
आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

आलु महोत्सवमा बढ्दो सहभागिता,आलु किन्नेको भिड थामिनसक्नु

Breaking News 1, अर्थ, गण्डकी, समाचार
पोखरा, २८ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो। महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामाग्रीका स्टलहरु देख्न पाइन्छ। आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका विऊ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय...
बढ्दो हिंसा नियन्त्रणका लागि परिवर्तन नेपाल अभियानद्वारा पोखरा महानगरलाई ध्यानाकर्षण

बढ्दो हिंसा नियन्त्रणका लागि परिवर्तन नेपाल अभियानद्वारा पोखरा महानगरलाई ध्यानाकर्षण

Breaking News 2, गण्डकी, समाचार
पोखरा । पछिल्लो समय समाजमा बढ्दै गएको हिंसा तथा आतंकका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परिवर्तन नेपाल अभियान, पोखराले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। अभियानका प्रतिनिधिहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्। उनीहरूले पछिल्ला दिनहरूमा घटिरहेका हिंसात्मक तथा आतंकजन्य गतिविधिले नागरिकमा त्रास सिर्जना गरेको उल्लेख गर्दै यसको नियन्त्रण र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। ध्यानाकर्षण पत्रमा स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला सबै पक्षबीच समन्वय गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ। साथै, जनचेतना अभिवृद्धि, सामुदायिक सहकार्य र कडा कानुनी कार्यान्वयनमार्फत यस्ता घटनामा कमी ल्याउन सकिने सुझाव पनि दिइएक...
मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

Artical, Breaking News 2, गण्डकी, समाचार
पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थापना तथा अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ। आश्रमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ। साथै अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने, लक्ष्मी–नारायण मन्दिर निर्माण सम्पन्न गरी नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ। मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो। हाल आश्रम देशका सातै...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

Breaking News 1, गण्डकी
पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा  महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय  उपस्थिति रहेको थियो। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको  कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको  निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ः०० बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।...
सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

Artical, गण्डकी, शिक्षा, समाचार
पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र बुझाएको छ। अभियानका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्। उनीहरूले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता रहे पनि यसको दुरुपयोग गर्दै महिलामाथि अशोभनीय, अपमानजनक तथा यौनजन्य टिप्पणी गर्ने, समेत बलात्कारजस्ता जघन्य अपराधका धम्की दिने प्रवृत्ति तीव्र रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। अभियानका अनुसार यस्ता क्रियाकलापले मौलिक अधिकारमाथि आक्रमण गर्नुका साथै समाजमा भय, असुरक्षा र विवशताको वातावरण सिर्जना भएको छ। परिवर्तन नेपाल अभियानले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिहरूको छानबिन...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

samachar, गण्डकी, समाचार
पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पोखरा–स्थित स्वागत पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा बसोबास गर्दै आएका पल्टनका भूतपूर्व सैनिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पल्टनको गौरवशाली इतिहास संरक्षण गर्ने, आपसी सम्बन्ध मजबुत बनाउने तथा मेलमिलापलाई अझ सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पल्टनको इतिहासलाई सधैं ताजा राख्ने संकल्प व्यक्त गरिएको थियो। कार्यक्रममा फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व कमाण्डिङ अफिसर Abhay Singh प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै, कर्नल चेतबहादुर गुरुङ, कर्नल नरबहादुर गुरुङ, कर्नल बोध विक्रम थापा, कर्नल राजिव शर्मा तथा क्याप्टेन एन.बी. गुरुङ (सेनामेडल) विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रम संस्थाका क्याप्ट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज