पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पोखरा–स्थित स्वागत पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा बसोबास गर्दै आएका पल्टनका भूतपूर्व सैनिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पल्टनको गौरवशाली इतिहास संरक्षण गर्ने, आपसी सम्बन्ध मजबुत बनाउने तथा मेलमिलापलाई अझ सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पल्टनको इतिहासलाई सधैं ताजा राख्ने संकल्प व्यक्त गरिएको थियो।

कार्यक्रममा फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व कमाण्डिङ अफिसर Abhay Singh प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै, कर्नल चेतबहादुर गुरुङ, कर्नल नरबहादुर गुरुङ, कर्नल बोध विक्रम थापा, कर्नल राजिव शर्मा तथा क्याप्टेन एन.बी. गुरुङ (सेनामेडल) विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

कार्यक्रम संस्थाका क्याप्टेन कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन तथा संयोजन धिरबहादुर गुरुङले गर्नु भएको थियो।

समारोहमा सहभागी भूतपूर्व सैनिकहरूले एकआपसमा आत्मीय भेटघाट गर्दै भाइचारा, सम्बन्ध र पल्टनप्रतिको गौरवलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूका लागि खानपान तथा जलपानको समेत व्यवस्था गरिएको थियो।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरू रमाउँदै आपसी सम्झना साटासाट गरेका थिए। कार्यक्रम औपचारिक रूपमा समापन गरिएको आयोजकले जानकारी दिएका छन्।

Screenshot

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज