गण्डकी

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भोलि गरिदै

गण्डकी
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा भोलि गरिने भएको छ । आन्तरिक तयारी करिव अन्तिम चरणमा पुगेसंगै आइतबार संकल्पसभा गर्न लागिएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । भोलि बिहान ठीक १ बजे संकल्प पत्र वाचन गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै भोलि नै मूल आयोजक समिति गठन,संञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम कोटिहोम आयोजक समितिको बैठक लगायतको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।...
विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

गण्डकी
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।  यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । अहिले कोटिहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न...
पोखरामा ‘फुड कार्निभल २०८१’ सुरू, विद्यार्थीले प्रस्तुत गरे ११ परिकार

पोखरामा ‘फुड कार्निभल २०८१’ सुरू, विद्यार्थीले प्रस्तुत गरे ११ परिकार

गण्डकी, शिक्षा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल–२०८१’ बिहीबारदेखि सुरु भएको छ। कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । शुक्रबारसम्म चल्ने  कार्निभलमा विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिएको विद्यालयका प्राचार्य डा रामजी शर्माले जानकारी दिए । विद्यालयको ३१ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।  मेलाको पहिलो दिन प्ले ग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०८१ को शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरियो । कार्यक्रमको उद्‌घाटन एन प्याब्सन गण्डकीका अध्यक्ष  तिलक अधिकारीले गरेका थिए ।  शुक्रबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिनेछ ।  फेस्टिभलमा पो...

ऐतिहासिक कोटिहोम महायज्ञका केही विशेष कार्यक्रम विवरणहरूः

गण्डकी
(१) विविध प्रचारात्मक कार्यक्रम :– चैत्र १७ गतेदेखि वैशाख १० गतेसम्म । (२) बृहत् साइकल प्रभातफेरी (र्‍याली)– मिति २०८२ वैशाख ११ गते बिहान ७:०० बजेबाट । (३) बृहत्‌ ट्याक्सी प्रभातफेरी (र्‍याली)– मिति २०८२ वैशाख १२ गते बिहान ७:०० बजेबाट । (४) बृहत् मोटरसाइकल प्रभातफेरी (र्‍याली)– मिति २०८२ वैशाख १३ गते बिहान ७:०० बजेबाट । (५) बृहत् डुङ्गा प्रभातफेरी (र्‍याली)– मिति २०८२ वैशाख १४ गते बिहान ७:०० बजेबाट । (६) बृहत् पैदल यात्राः– मिति २०८२ वैशाख १५ गते, बिहान ७:०० बजेबाट । (७) विशाल मङ्गलमय कलश यात्राः– मिति २०८२ वैशाख १६ गते बिहान ७:०० बजेबाट । (८) जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाआदिबाट विशेष शास्त्रीय प्रवचन नियमित हुने । (९) मिति २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने । (१०) राष्ट्रिय तथा अन्तर्राष्ट्र...
न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमद्वारा ‘फुड कर्निभल २०२५’ आयोजना

न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमद्वारा ‘फुड कर्निभल २०२५’ आयोजना

गण्डकी
पोखरा, २०८१ चैत २१ । न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमले आगामी २०८१ चैत २१ र २२ गते (अप्रील ३ र ४, २०२५) विशेष ‘फुड कर्निभल २०२५' आयोजना गर्ने भएको छ। 'Savor the Flavors' नाराका साथ आयोजना हुने यो कार्यक्रम न्यू ग्यालेक्सी स्कूल परिसर, नदिपुर, पोखरामा सम्पन्न हुनेछ। यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा दक्षिण कोरियाका चर्चित कलाकार 'मिस्टर चोई' ले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। बिहान १० बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म चल्ने कर्निभलमा विभिन्न स्वादिष्ट परिकार, मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य आकर्षक गतिविधिहरू रहने आयोजकले जनाएको छ। न्यू ग्यालेक्सीले होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तथा स्थानीय समुदायलाई विभिन्न स्वादिष्ट परिकारहरूको अनुभव गराउन यो कर्निभल आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन वा थप जानकारीका लागि ०६१-५७०...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज