पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ मा अवलोकनमा आकर्षण

पोखरा, १४ माघ । पोखरा इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको नवौं संस्करणको पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ ले आम नागरिक विद्यार्थी, शिक्षक तथा शैक्षिक क्षेत्रका सरोकारवालाको उल्लेखनीय ध्यान तानेको छ।

प्रदर्शनी अवलोकन गर्न आएका पोखरा महानगरपालिका–स्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरू प्रदर्शनीमा राखिएको सडक पार गर्न बनाइएको नमूना आकाशे पुलमा विशेष चासोका साथ रोकिए। उनीहरूले बढ्दो सवारी चाप र पैदल यात्रुले जथाभावी सडक काट्ने प्रवृत्तिका कारण दुर्घटना न्यूनीकरण गर्न पोखराका अधिकांश चोकहरूमा यस्ता संरचना आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। त्यसै विद्यालयकी कक्षा १२ मा अध्ययनरत पद्मा फगामीले सुरुमा प्रदर्शनी सामान्य मेला–महोत्सव जस्तै होला भन्ने लागेको बताइन्। तर अवलोकनपछि प्रदर्शनीमा राखिएका अधिकांश आविष्कार तथा परियोजना खालका रहेको अनुभव भएको बताइन् ।
प्रदर्शनी अवलोकन गर्न आएका ला ग्रान्डी कलेजका प्रिन्सिपल किरण केसीले यस्ता किसिमका एक्स्पोले विद्यार्थीलाई आफू र आफ्ना आविष्कार जनसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए। आफू इन्जिनियरिङ्ग अध्ययन गर्ने समयको पाठ्यक्रम व्यावहारिक, बजारमुखी र व्यवसायिक सीपसँग जोडिएको नभएको विषयमा बहस हुने गरेको स्मरण गर्दै उनले अहिले विद्यार्थीले ज्ञानसँगै व्यवसायिक सीप अभ्यास गर्ने अवसर पाएको बताए। इन्टरनेटको प्रयोगमार्फत विश्व बजारको माग र अवस्थाबारे जानकारी लिई प्रतिस्पर्धा गर्न विद्यार्थीलाई सहज भएको उनको भनाइ थियो।

बलोदय माध्यमिक विद्यालयका +२ इन्चार्ज रमेशकुमार आचार्यले आठौं संस्करणको एक्स्पोमा दिएका सुझावहरू यसपटक मनन गरी सुधार गरिएको देखिएको बताए। उनले धेरैजसो परियोजना पोखरा र आसपासका क्षेत्रमा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने खालका रहेको प्रतिक्रिया दिए।

प्रर्दशनी अवलोकन गर्न पुगेको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले शैक्षिक क्षेत्रले विद्यार्थीको योग्यता, दक्षता र क्षमता विकास गर्ने भूमिका निर्वाह गर्ने भए पनि उत्पादित जनशक्ति खपत गर्न आवश्यक औद्योगिक विकास कमजोर अवस्थामा रहेको बताइन्। अब बन्ने सरकारले जनशक्ति स्वदेशमै खपत हुने नीति निर्माण गर्नुपर्ने वा निजी क्षेत्रलाई उद्योग सञ्चालनमा सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

उद्घाटन समारोह कार्यक्रमका अध्यक्ष तथा पोखरा इन्जिनियरिङ्ग कलेजका निर्देशक डा. सैलेश गुरुङले विद्यार्थीको हौसला बढाउन र उनीहरूले सिर्जना गरेका नवप्रवर्तनलाई भविष्यमा विकास गरी प्रयोगमा ल्याउन स्थानीय सरकार, उद्योगी तथा व्यवसायीलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरे ।
प्रदर्शनीका उद्घाटन समारोहमा प्रमुख अतिथि तथा हिसान गण्डकीका अध्यक्ष रामजी शर्माले गुणस्तरीय शिक्षाका लागि तीन आधारभूत पक्ष आवश्यक रहेको उल्लेख गरे। उनका भने “पहिलो पाठ्यक्रम, दोस्रो पाठ्यक्रमको पेडागोजिकल कन्सेप्ट अर्थात् पढाउनेभन्दा सिकाउने अभ्यास, र तेस्रो मूल्यांकन प्रणाली हो।”  शिक्षा र राष्ट्रको समृद्धिका लागि यस्ता गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने उनले जोड दिए। विद्यार्थी विदेश जानुको मुख्य कारण रोजगारी र गुणस्तरीय शिक्षा भएको भन्दै नेपालमै अवसर सिर्जना गर्ने व्यवस्था आवश्यक रहेको बताए। उद्योगी र जनशक्तिबीचको ग्यापका कारण समस्या देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने नीति र वातावरण बनेमा मात्र देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने उनको धारणा थियो।

भाइस प्रिन्सिपल यम थापा मगरले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई कार्यगत क्षेत्रमा प्रस्तुत गर्ने अभ्यासका रूपमा प्रदर्शनी प्रभावकारी भएको बताए। उनका अनुसार आज मात्रै दुई हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन्, जसमा ३५ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

प्रदर्शनीमा यस वर्ष प्राविधिक प्रदर्शनी, अन्तर–कलेज ह्याकाथन प्रतियोगिता, कम्प्युटर तथा सूचना प्रविधि (आईटी) परियोजना प्रदर्शन, वास्तुकला डिजाइन ह्याकाथन, वास्तुकला परियोजना प्रदर्शन, भित्ते कला (वाल आर्ट) प्रतियोगिता, पप्सिकल स्टिक पुल डिजाइन प्रतियोगिता र अन्तर–विद्यालय डिजाइन प्रतियोगितासहित आठ प्रकारका विशेष कार्यक्रम रहेका छन् ।  जस अन्तर्गत ६० भन्दा बढी सिर्जनात्मक तथा नवप्रवर्तनात्मक परियोजनाहरू विद्यार्थीहरुले प्रर्दशनमा राखेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज