Author: भ्याली खबर

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

समाचार
पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी डिलुमाया गुरु...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

Breaking News 1, समाचार
पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद्यमशीलता प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिँदै लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो। संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको यो पहल २०६१ सालदेखि औपचारिक महोत्सवका रूपमा निरन्तर हुँदै आएको छ। उनका अनुसार यस वर्ष पनि स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित सामग्रीहरू—कृषि उत्पाद, महिला उद्यमीका सामग्री, हस्तकला, खाद्यान्नदेखि शिक्षा र स्वास्थ्यसम्बन्धी वस्तुहरू—को प्रदर्शनी तथा बिक्री हुने छ। प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्राईका अनुसार बिषम आर्थिक अवस्थामा पनि व्यवसायीलाई ऊर्जा प्रदान गर्न, बजारलाई सक्रिय बनाउन र स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रमा ज...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

समाचार
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो । एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो, तेश्रो र चौथो वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ ल...
१४औं पोखरा महोत्सवका लागि ३३ उपसमिति र ठूलो सल्लाहकार टिम घोषणा

१४औं पोखरा महोत्सवका लागि ३३ उपसमिति र ठूलो सल्लाहकार टिम घोषणा

समाचार
पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १४औं संस्करणको पोखरा महोत्सव भव्य तथा सभ्य बनाउन विस्तृत तयारी अगाडि बढाएको छ। आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मुल आयोजक समिति संयोजक लोकबहादुर थापाको नेतृत्वमा ३३ वटा उपसमिति गठन गरिएको छ। विभिन्न उपसमितिमा नेतृत्व चयन कार्य सम्पादनदेखि सुरक्षासम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उपसमितिहरू बनाइएको क्लबले जनाएको छ। कार्य सम्पादन उपसमिति : राजु श्रेष्ठ अतिथि व्यवस्थापन : हिमालय बख्रेल झाँकी र्याली व्यवस्थापन : सूकबहादुर गुरुङ अनुगमन : लालकाजी गुरुङ कलाकार व्यवस्थापन : गणेश तिमिल्सिना सचिवालय : शान्तबहादुर थापा प्रायोजक व्यवस्थापन : सूर्यबहादुर बानियाँ प्रचार–प्रसार : दिनेश सुनार अर्थ तथा स्टल व्यवस्थापन : जयराम आचार्य स्वयंसेवक व्यवस्थापन : सन्तोष कार्की संघ–संस्था समन...
नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन

समाचार
पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न भेलाले उदयकान्त तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिअनुसार उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा बिमल क्षेत्री, सह–सचिवमा आशिष भण्डारी र कोषाध्यक्षमा इश्वरी क्षेत्री निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा बिनिता विश्वकर्मा, आनन्द अर्याल, अशोक बराल, गणेश अधिकारी, प्रमिला सिग्देल थापा, दिपेन्द्र सुबेदी, अशोक सुनार र आश्विन देवकोटा चयन भएका छन्। सल्लाहकारका रूपमा राकेश सिंह, अरुण कुमार मण्डल, कृष्ण केसी र अनिश बाबु पौडेल रहने छन्। नव–निर्वाचित अध्यक्ष उदयकान्त तिवारीले रेडियोग्राफरहरूको हक–हित संरक्षण, सीप विकास, सेवा गुणस्तर वृद्धि तथा रेडियोलोजिकल क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सोसाइटी सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। उनले गण्डकी ...
महायज्ञ सुरु नहुँदै मानवसेवा आश्रम बागलुङ शाखा निर्माणका लागि सहयोग रकम संकलन सुरु

महायज्ञ सुरु नहुँदै मानवसेवा आश्रम बागलुङ शाखा निर्माणका लागि सहयोग रकम संकलन सुरु

समाचार
बागलुङ – श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग रकम संकलन सुरु भएको छ। महायज्ञको मिति नजिकिँदै जाँदा विभिन्न स्थानबाट दाताहरूले भवन निर्माणमा सहयोग पुर्‍याउन थालेका छन्। हाल अमेरिकामा बसोबास गर्नुहुने रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले संयुक्त रूपमा भवन निर्माणका लागि रु. ५० हजार ५९८ सहयोग गर्नुभएको आश्रमले जनाएको छ। मानवसेवा आश्रमले बागलुङको निरयघाटमा निर्माणाधीन भवनलाई निर्धारित समयमै सम्पन्न गर्न तथा अक्षयकोष वृद्धिका लागि आगामी कार्तिक २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गर्न लागेको हो। मानवीय सेवामा प्रदान गरिएको सहयोगप्रति आश्रमले हार्दिक आभार प्रकट गरेको छ र थप दाताहरुलाई पनि भवन निर्माण अभियानमा सहभागी हुन आग्रह गरेको छ।...
“पोखरा–१५ मा ‘दिव्य ज्योति साँझ’ सम्पन्न : संगीत, संस्कृति र समुदायको उत्सव”

“पोखरा–१५ मा ‘दिव्य ज्योति साँझ’ सम्पन्न : संगीत, संस्कृति र समुदायको उत्सव”

समाचार
पोखरा महानगरपालिका वडा नं. १५ मा दिव्य ज्योति क्लबको आयोजनामा एक भव्य ‘दिव्य ज्योति साँझ’ सम्पन्न भएको छ। कार्यक्रम वडा कार्यालय अगाडि विशेष रूपमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर कार्की रहनु भयो भने विशेष अतिथि प्रहरी नायब उपरीक्षक (डी.एस.पी.) कृष्ण कार्कीले सांगीतिक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै क्लवकाे ईतिहासकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सुरेश बानियाँले गर्नुभयो भने सञ्चालन मदन गिरीले गर्नु भयो। कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरूले लोकगीत, आधुनिक गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए। आयोजक क्लबका अनुसार कार्यक्रममा स्थानीय समुदाय, युवायुवती र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने प्रस्तुति तथा स्थानीय प्रत...
बागलुङमा मानव सेवा आश्रमको श्रीमद् भागवत महायज्ञ, सडक आश्रित मुक्त नेपाल बनाउने लक्ष्य

बागलुङमा मानव सेवा आश्रमको श्रीमद् भागवत महायज्ञ, सडक आश्रित मुक्त नेपाल बनाउने लक्ष्य

समाचार
बागलुङ। महायज्ञ गर्ने मानव सेवा आश्रमले आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । यो महायज्ञमार्फत १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित संचालनमा ल्याउने लक्ष्य छ । मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर २ सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य छ । त्यस बाहेक मानवसेवा आश्रम बागलुङको अक्षयकोष बढाएर १० करोड पु-याउने, गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पुरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त निर्माणको संकल्प पुरा गर्ने लक्ष्य रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवद्र्दनका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, स्थानीय ...
पूर्णिमाको दशैं फेस्ट २०२५ पोखरामा हुने

पूर्णिमाको दशैं फेस्ट २०२५ पोखरामा हुने

समाचार
पोखरा, लेकसाइड–६ को बराहीघाट मैदानमा पूर्णिमाको दशैं फेस्ट २०२५ आयोजना हुने भएको छ। ब्लक एक्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा दशैंको अवसर पारेर यही अक्टोबर ७ र ८ गते दुई दिनसम्म चल्ने यस संगित महोत्सवमा देशका चर्चित कलाकारहरूको प्रस्तुतिसहित भव्य रूपमा मनाइनेछ। 🎶 कलाकारहरूको लाइनअप: 📅 अक्टोबर ७ – टुकी | रकहेड्स | मङ्गोलियन हर्ट 📅 अक्टोबर ८ – छेयोज़ेन एण्ड सहयात्री | जेम्सी | पूर्ण राई एण्ड दाजुभाइ दशैं केवल रमाइलो र मनोरञ्जन मात्र नभई एकता, संस्कृतिको जगेर्ना र राष्ट्रिय पहिचानलाई बलियो बनाउने चाड हो। आयोजकले यस कार्यक्रममार्फत संगीत र संस्कृतिलाई जोड्दै शान्ति, सकारात्मकता र मिलनसार समाजको सन्देश दिने लक्ष्य लिएको बताएका छन्। 🙏 कुनै ठूला प्रायोजक बिना आफ्नै लगानीमा आयोजना गरिएको यो महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई टिकट किन्न र कार्यक्रममा सहभागिता जनाउन हार्दिक अपिल गरेका छ...
कास्कीमा भोली बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

कास्कीमा भोली बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

समाचार
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले विहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । विहीबारको जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । कास्की जिल्लामा हाल देखिएको घटनाक्रमबाट हुनसक्ने बिरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उल्लेख गरेकी छन् । शुक्रबार विहान ५ देखि १० बजेसम्म भने अत्यावस्यक कामका लागि आवतजावत गर्न सकिने आदेशमा जनाईएको छ । कर्फ्युको समयमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन । एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने संचालन हुनसक्ने आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज