संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उहाँले सिङ्गो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गर्नुभयो ।

उहाँले ऐतिहासिक रूपमा दलित समुदायमाथि भएको विभेद, अन्याय र अवसर वञ्चनाको स्वीकारोक्तिसहित सरकार सामाजिक न्यायका कार्यक्रममार्फत सुधारमुखी कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख  छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने सरकारको प्रतिबद्धता छ । सरकारको बाचाअनुसार नै

आज पार्टी  सभापति लामिछानेले सदनमा खगेन्द्र सुनारको प्रसङ्ग उल्लेख गर्दै व्यक्तिगतरूपमा माफी माग्ने संस्कारलाई राज्यस्तरमा विस्तार गर्नुभयो छ ।

“खगेन्द्र सुनार सदनमा आउनुभएको छ । उहाँका विषयमा विवाद आउँदा उहाँले माफी माग्नुभयो । तर खगेन्द्र सुनारहरूमाथि युगौँदेखि गरिएको अन्यायका लागि हामीले माफी माग्यौँरु” उहाँले भन्नुभयो,  “शताब्दियौंदेखि विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यही सदनबाट ।

आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो । किनकि जसको हातमा सीप थियो, उसलाई हामीले अछूत मान्यौ । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु, र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने पनि सुनिश्चित गर्न चाहन्छु ।”

सभापति लामिछानेले सरकारले दलित समुदायको न्याय, समान अवसर र समावेशी पुनःस्थापनालाई प्राथमिकतामा राख्दै सुधारमुखी कार्यक्रम घोषणा गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

गृहमन्त्री सुधन गुरुङ द्वारा पशुपतिनाथ मन्दिर मा दर्शन

काठमाडौँ, चैत २१ — गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। मन्दिर दर...
कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल २७औँ वर्षमा प्रवेश

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल २७औँ वर्षमा प्रवेश

पोखरा, २१ माघ । पोखराको न्युरोडमा अवस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एण्ड डेन्टल अस्पताल स्थापना भएको २६ वर्ष पूरा ग...
पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ मा अवलोकनमा आकर्षण

पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ मा अवलोकनमा आकर्षण

पोखरा, १४ माघ । पोखरा इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको नवौं संस्करणको पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ ले आम नागरिक विद्यार्थी, श...
कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

कास्की–२ मा निर्दोष विक्रम पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलले कास्की क्षे...
मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार

मानवसेवा आश्रम पोखरा शाखाद्वारा १ हजार ६४९ सडक सहयोगापेक्षी मानवको उद्दार

पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १ हजार ६४९ जना सडक सहयोगापेक्षी मानवको उद्दार गरेको छ । उद्दार गरिएकाम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज