Author: भ्याली खबर

मेडिको नेटवर्कको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

मेडिको नेटवर्कको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

समाचार
पोखरा — मेडिको नेटवर्क केयरगिभर ट्रेनिङ सेन्टरको आयोजनामा संस्थाको ८औं ब्याचका विद्यार्थीहरूको बिदाई तथा १०औं ब्याचका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत काजल श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा ८औं ब्याचका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्झनाका सामग्रीहरू वितरण गरिँदै भावनात्मक बिदाई दिइएको थियो। सोही अवसरमा १०औं ब्याचका नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै नयाँ यात्राको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमलाई पुष्प सजावट, रंगीन बेलुन तथा आकर्षक सजावटले झकझक्याइएको थियो। प्रशिक्षक, विद्यार्थीहरू तथा अभिभावकहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो। मेडिको नेटवर्कले “A clear path for your career progression” भन्ने नारासहित केयरगिभर तालिममार्फत युवाहरूको रोजगारी ...
जैमिनीबाट १० वर्षीय बालकको उद्धार, मानव सेवा आश्रममा आश्रय

जैमिनीबाट १० वर्षीय बालकको उद्धार, मानव सेवा आश्रममा आश्रय

समाचार
बागलुङ, असार १८ – अत्यन्त मार्मिक र पीडादायी अवस्थामा भेटिएका १० वर्षीय कृष्ण सापकोटालाई मानव सेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ। जैमिनी नगरपालिका–२, गोकर्ण निवासी कृष्णको आमाले घर त्यागेर अर्कैसँग गएको कारण बालक मानसिक र शारीरिक रूपमा असहाय अवस्थामा जीवन बिताइरहेका थिए। बालकका बुबा अत्यन्त गरिब र आर्थिक अवस्था कमजोर रहेका कारण छोराको पालनपोषण र उपचार गर्न असमर्थ थिए। उद्धारका क्रममा उनका बुबाले आश्रमका प्रतिनिधिसँग भावुक हुँदै भने, “भन्नुहोस्, मलाई पनि लानुस्, म आश्रममा काम गरेर भए पनि बाँच्न तयार छु, छोराको भविष्य म एक्लैले जोगाउन सक्दिन।” उद्धारका बेला बालक कमजोर अवस्थामा थिए। स्थानिय वडाध्यक्ष, समाजसेवीहरू, प्रहरी प्रशासन र मानव सेवा आश्रमको समन्वयमा उनलाई उद्धार गरिएको हो। आश्रममा अहिले उनलाई सुरक्षित रूपमा राखिएको छ जहाँ स्वास्थ्य, शिक्षा, स्नेह र भविष्यको आधार प्रदान ग...
कुमुदिनी होम्समा प्रेरणादायी कार्यक्रम: “विद्यार्थी भविष्यका नेता”

कुमुदिनी होम्समा प्रेरणादायी कार्यक्रम: “विद्यार्थी भविष्यका नेता”

समाचार
पोखरा, असार १६ — पोखरा महानगरपालिका–४ स्थित कुमुदिनी होम्स विद्यालयमा आज कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावकहरूका लागि विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रमको प्रमुख आकर्षण अन्तर्राष्ट्रिय प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी रहे। “विद्यार्थीहरू भविष्यका नेतृत्वकर्ता हुन्” भन्ने मूल सन्देशसहित अधिकारीले त्रिकोणीय सम्बन्ध — विद्यार्थी, अभिभावक र विद्यालय — नै सफलताको आधार भएको उल्लेख गरे। उनले भने, “जीवनमा सफलता प्राप्त गर्न राम्रो कर्म र सही सोच अत्यावश्यक हुन्छ। आत्मशुद्धि र व्यवहार सुधारले सफलता स्वतः प्राप्त हुन्छ।” कार्यक्रममा अधिकारीले अभिभावकहरूलाई सन्तानप्रतिको सहनशीलता र सकारात्मक शब्दको प्रयोगमा जोड दिए। “गल्ती हुने बित्तिकै नकरात्मक व्यवहार होइन, उत्प्रेरणा आवश्यक छ,” उनले भने। कृत्रिम बौद्धिकता (AI) को युगमा पुगेको वर्त...
“असार १५ : मानव सेवा आश्रममा उद्धार, सम्मान र नेपालीपनको उत्सव”

“असार १५ : मानव सेवा आश्रममा उद्धार, सम्मान र नेपालीपनको उत्सव”

समाचार
असार १५, नेपाली कृषकहरूको महत्वपूर्ण चाड हो, जसलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यो दिन नेपालीहरूले धान रोपाइँ गर्दै रमाइलो गर्छन् र परम्परागत दही चिउरा खाएर उत्सव मनाउँछन्। कृषि प्रधान देश नेपालमा यो पर्व मेहनती किसानप्रतिको सम्मानको रूपमा लिइन्छ। मानव सेवा आश्रमले पनि देशव्यापी रूपमा यस दिनलाई सेवा र संस्कृतिसँग जोडेर मनाउँदै आएको छ। उद्धार गरिएका प्रौढ पुरुषहरूलाई "बालगोपाल" को रूपमा, प्रौढ महिलाहरूलाई "लक्ष्मी माता" को रूपमा, र बालबालिकाहरूलाई पनि “बालगोपाल" को रूपमा सम्मान गर्दै पूजाआजा गरिएको छ। यस अवसरमा सबै शाखाहरूमा नेपाली परिकार दही चिउरा खुवाइयो, र सबैले एकआपसमा खुशी साटासाट गरी सामाजिक सहकार्य र मायाको वातावरण निर्माण गरे। मानव सेवा आश्रमको लागि असार १५ केवल खेतको उत्सव होइन, उद्धार, सम्मान र नेपालीपनको उत्सव पनि हो।...
नयाँ तीज गीत २०८२ “भुल परे दाई म त” सार्वजनिक

नयाँ तीज गीत २०८२ “भुल परे दाई म त” सार्वजनिक

समाचार
काठमाडौं – गायिका माया गुरुङ र गायक रवि कार्कीको स्वरमा सजिएको नयाँ नेपाली तीज गीत “भुल परे दाई म त” सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान पर्व तीजको अवसर पारेर सार्वजनिक गरिएको यो गीतमा पारिवारिक माया, आत्मीयता र गाउँले परिवेशको झल्को पाइन्छ। गीतमा शब्द सृजनालाई मायाले नै गरेकी हुन् भने संगीत पनि रवि कार्कीले तयार गरेका हुन्। भिडियोलाई निर्देशन गरेका छन् अर्जुन खड्काले, जसमा कलाकारहरु माया गुरुङ स्वयं, सविन अधिकारी, राजन श्रेष्ठलगायतले अभिनय गरेका छन्। 🎵 गीतको भाव र प्रस्तुतिको विश्लेषण “भुल परे दाई म त” भन्ने बोलले नै गीतमा बहिनीले दाजुलाई सम्झिएको भाव प्रष्ट हुन्छ। पारिवारिक मायाको सम्वाद, गाउँको झल्को, र पारम्परिक तीजको रमाइलो वातावरणलाई गीतले अत्यन्त मार्मिक ढंगले उतारेको छ। 🎬  म्युजिक भिडियोको आकर्षण भिडियोमा देखाइएको छ – हरियो खेत, गाउँको बाटो, परम्परागत नाचग...
रेडियोग्राफरको माग सम्बोधनतर्फ सकारात्मक पहल: स्वास्थ्य सचिवसँग भेटवार्ता सम्पन्न

रेडियोग्राफरको माग सम्बोधनतर्फ सकारात्मक पहल: स्वास्थ्य सचिवसँग भेटवार्ता सम्पन्न

समाचार
काठमाडौं, २०७८ असार १२ । नेपाल रेडियोलोजिकल सोसाइटी र सरकारी रेडियोग्राफर संघ, नेपालले संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेशागत माग सम्बोधन सम्बन्धी महत्वपूर्ण भेटवार्ता सम्पन्न गरेका छन्। सो अवसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव श्रीमान् सापकोटा लगायतका उच्च अधिकारीहरूसँग औपचारिक छलफल भएको हो। रेडियोलोजी सेवाको सुदृढीकरण, पेशागत सुरक्षा, दरबन्दी व्यवस्थापन लगायतका विषयमा मन्त्रालयमा बारम्बार उठाइँदै आएको मागलाई सचिव देवकोटाले गम्भीरतापूर्वक लिनुका साथै ओएनएममार्फत मागको मूल्यांकन गरी अगाडि बढाउने स्पष्ट आश्वासन दिनुभएको छ। संघसंस्थाहरूका अध्यक्षद्वय मुकेश झा (नेपाल रेडियोलोजिकल सोसाइटी) र कमलप्रसाद पँगेनी (सरकारी रेडियोग्राफर संघ, नेपाल) ले ऐतिहासिक महत्वको यो पहलले भविष्यमा रेडियोग्राफरहरूको हकहित सुनिश्चित गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो...
२०औँ असारे रोपाइँ महोत्सव लेखनाथको गुँदेतालमा, १० हजारभन्दा बढीको सहभागिता हुने अनुमान

२०औँ असारे रोपाइँ महोत्सव लेखनाथको गुँदेतालमा, १० हजारभन्दा बढीको सहभागिता हुने अनुमान

समाचार
पोखरा ।२० औ सस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं २६ मा हुने भएको छ । लेखनाथको गुँदेताल फाटमा महोत्सव आयोजना गरिएको महोत्सवको आयोजक पोखरा पर्यटन परिषदले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । सबै मौसमका लागि पर्यटन भन्ने मूल नाराका साथ हरेक वर्ष असार १५ मा पोखरामा रोपाई महोत्सव हुदैँ आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने बताए । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नेलगायतका उद्देश्य राखिएको छ । महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहितका कार्यक्रम हुने आयोजनकले जनाएको छ । उक्त ...
रेडियोग्राफी सेवा सुदृढीकरणका लागि नेपाल रेडियोलोजिकल सोसाइटीको महत्वपूर्ण प्रस्तावहरु

रेडियोग्राफी सेवा सुदृढीकरणका लागि नेपाल रेडियोलोजिकल सोसाइटीको महत्वपूर्ण प्रस्तावहरु

समाचार
काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रेडियोग्राफी सेवासम्बन्धी विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै औपचारिक ज्ञापनपत्र पेश गरेको छ। सोसाइटीले रेडियोग्राफी र इमेजिङ सेवामा दरबन्दी व्यवस्था, O&M सर्वेक्षण, जनशक्ति अभाव, तालीम, नियमावली र गुणस्तर मापदण्ड सम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। ज्ञापनपत्रमा रेडियोलोजी इमेजिङ सेवाको मापदण्ड, नीति, तालीम, नियमावली तथा गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय रेडियोलोजी इमेजिङ केन्द्र (NRIC) स्थापना गर्नुपर्ने प्रस्ताव राखिएको छ। त्यस्तै, देशभरका अस्पतालहरूमा कार्यरत रेडियोग्राफरहरूको दरबन्दी स्थापनाका लागि O&M सर्वेक्षण गरी समायोजन गर्न र रेडियोलोजी सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री (TLD ब्याज, लेड एप्रोन आदि) उपलब्ध गराउनुपर्ने माग पनि समावेश छ। निरन्तर त...
रूसी नागरिकको उद्धार: मानवसेवा आश्रममा आश्रय

रूसी नागरिकको उद्धार: मानवसेवा आश्रममा आश्रय

समाचार
पोखरा, असार ८ – नेपाल प्रहरी र पर्यटक प्रहरीको समन्वयमा पोखराको मुख्य पर्यटकीय क्षेत्रबाट एक असहाय अवस्थामा रहेका रूसी नागरिकको उद्धार गरी मानवसेवा आश्रम, पोखरा कास्कीमा सुरक्षित आश्रय प्रदान गरिएको छ। उद्धार गरिएका व्यक्ति रूसी नागरिक Sergei Simhenko हुन्, जो करिब ३ महिनाअघि नेपाल आएका थिए। हाल उनले आफूले पासपोर्ट हराएको र परिवारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको जानकारी दिएका छन्। उनका अनुसार परिवारले अब आफूलाई सहयोग नगर्ने स्पष्ट रूपमा बताएका छन्। नेपाल आएका बेला साथमा ल्याएको सम्पूर्ण रकम खर्च भइसकेको र हाल आफूसँग कुनै आर्थिक स्रोत नरहेको उनले बताएका छन्। यस अवस्थाको जानकारी पाएपछि पर्यटक प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी उनलाई मानवसेवा आश्रममा पु-याएको हो। अहिले आश्रममा उनलाई आवश्यक देखभाल र संरक्षण प्रदान गरिएको छ। मानवसेवा आश्रमले बेवारिसे, मानसिक रूपमा असहाय, सड...
कास्कीका सबै गाउँपालिका तथा नगरपालिका सडक मानव मुक्त अभियानमा प्रतिबद्ध

कास्कीका सबै गाउँपालिका तथा नगरपालिका सडक मानव मुक्त अभियानमा प्रतिबद्ध

समाचार
कास्की, २०८२ असार – कास्की जिल्लाभित्रका चारवटा गाउँपालिका (माछापुच्छ्रे, मादी, अन्नपूर्ण र माछापुच्छ्रे) र पोखरा महानगरपालिकाले संयुक्त रुपमा “सडक मानव मुक्त नेपाल” अभियान कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ। मानव सेवा आश्रमको अग्रसरतामा सञ्चालित “नेपाललाई सडक मानव मुक्त बनाउने” राष्ट्रिय अभियानलाई साथ दिन उक्त स्थानीय तहहरूले आ-आफ्नो कार्यक्षेत्र भित्रको सडकमा रहेका आश्रयविहीन तथा सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण, पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। गाउँपालिकाले पठाएको पत्रमा जनाइएको छ कि नेपाल सरकारको घोषणा अनुसार २०८२ सम्ममा नेपाललाई सडक मानव मुक्त बनाउने उद्देश्यले मानव सेवा आश्रमसँग सहकार्यमा अभियानलाई तीव्रता दिनेछ। यसैगरी पोखरा महानगरपालिकाले पनि मानव सेवा आश्रमबाट आएको पत्रको सन्दर्भमा आवश्यक सहकार्यका लागि प्रतिवद्धता जनाउँदै कार्यान्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk