पोखरा — मेडिको नेटवर्क केयरगिभर ट्रेनिङ सेन्टरको आयोजनामा संस्थाको ८औं ब्याचका विद्यार्थीहरूको बिदाई तथा १०औं ब्याचका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत काजल श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा ८औं ब्याचका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्झनाका सामग्रीहरू वितरण गरिँदै भावनात्मक बिदाई दिइएको थियो। सोही अवसरमा १०औं ब्याचका नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै नयाँ यात्राको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमलाई पुष्प सजावट, रंगीन बेलुन तथा आकर्षक सजावटले झकझक्याइएको थियो। प्रशिक्षक, विद्यार्थीहरू तथा अभिभावकहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।
मेडिको नेटवर्कले “A clear path for your career progression” भन्ने नारासहित केयरगिभर तालिममार्फत युवाहरूको रोजगारी तथा भविष्य सुनिश्चित गर्ने उदेश्यले नियमित ब्याच सञ्चालन गर्दै आएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।