कास्की, २०८२ असार – कास्की जिल्लाभित्रका चारवटा गाउँपालिका (माछापुच्छ्रे, मादी, अन्नपूर्ण र माछापुच्छ्रे) र पोखरा महानगरपालिकाले संयुक्त रुपमा “सडक मानव मुक्त नेपाल” अभियान कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ।
मानव सेवा आश्रमको अग्रसरतामा सञ्चालित “नेपाललाई सडक मानव मुक्त बनाउने” राष्ट्रिय अभियानलाई साथ दिन उक्त स्थानीय तहहरूले आ-आफ्नो कार्यक्षेत्र भित्रको सडकमा रहेका आश्रयविहीन तथा सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण, पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
गाउँपालिकाले पठाएको पत्रमा जनाइएको छ कि नेपाल सरकारको घोषणा अनुसार २०८२ सम्ममा नेपाललाई सडक मानव मुक्त बनाउने उद्देश्यले मानव सेवा आश्रमसँग सहकार्यमा अभियानलाई तीव्रता दिनेछ। यसैगरी पोखरा महानगरपालिकाले पनि मानव सेवा आश्रमबाट आएको पत्रको सन्दर्भमा आवश्यक सहकार्यका लागि प्रतिवद्धता जनाउँदै कार्यान्वयनका लागि तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ।
सडक मानव मुक्त नेपाल निर्माणको अभियानमा कास्कीका सबै स्थानीय तहको यस्तो ऐक्यबद्धता ऐतिहासिक कदम मानिएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।