कास्कीका सबै गाउँपालिका तथा नगरपालिका सडक मानव मुक्त अभियानमा प्रतिबद्ध
कास्की, २०८२ असार – कास्की जिल्लाभित्रका चारवटा गाउँपालिका (माछापुच्छ्रे, मादी, अन्नपूर्ण र माछापुच्छ्रे) र पोखरा महानगरपालिकाले संयुक्त रुपमा “सडक मानव मुक्त नेपाल” अभियान कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ।
मानव सेवा आश्रमको अग्रसरतामा सञ्चालित “नेपाललाई सडक मानव मुक्त बनाउने” राष्ट्रिय अभियानलाई साथ दिन उक्त स्थानीय तहहरूले आ-आफ्नो कार्यक्षेत्र भित्रको सडकमा रहेका आश्रयविहीन तथा सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण, पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
गाउँपालिकाले पठाएको पत्रमा जनाइएको छ कि नेपाल सरकारको घोषणा अनुसार २०८२ सम्ममा नेपाललाई सडक मानव मुक्त बनाउने उद्देश्यले मानव सेवा आश्रमसँग सहकार्यमा अभियानलाई तीव्रता दिनेछ। यसैगरी पोखरा महानगरपालिकाले पनि मानव सेवा आश्रमबाट आएको पत्रको सन्दर्भमा आवश्यक सहकार्यका लागि प्रतिवद्धता जनाउँदै कार्यान्...










