असार १५, नेपाली कृषकहरूको महत्वपूर्ण चाड हो, जसलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यो दिन नेपालीहरूले धान रोपाइँ गर्दै रमाइलो गर्छन् र परम्परागत दही चिउरा खाएर उत्सव मनाउँछन्। कृषि प्रधान देश नेपालमा यो पर्व मेहनती किसानप्रतिको सम्मानको रूपमा लिइन्छ।
मानव सेवा आश्रमले पनि देशव्यापी रूपमा यस दिनलाई सेवा र संस्कृतिसँग जोडेर मनाउँदै आएको छ।
उद्धार गरिएका प्रौढ पुरुषहरूलाई “बालगोपाल” को रूपमा, प्रौढ महिलाहरूलाई “लक्ष्मी माता” को रूपमा, र बालबालिकाहरूलाई पनि “बालगोपाल” को रूपमा सम्मान गर्दै पूजाआजा गरिएको छ। यस अवसरमा सबै शाखाहरूमा नेपाली परिकार दही चिउरा खुवाइयो, र सबैले एकआपसमा खुशी साटासाट गरी सामाजिक सहकार्य र मायाको वातावरण निर्माण गरे।
मानव सेवा आश्रमको लागि असार १५ केवल खेतको उत्सव होइन, उद्धार, सम्मान र नेपालीपनको उत्सव पनि हो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।