“असार १५ : मानव सेवा आश्रममा उद्धार, सम्मान र नेपालीपनको उत्सव”
असार १५, नेपाली कृषकहरूको महत्वपूर्ण चाड हो, जसलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। यो दिन नेपालीहरूले धान रोपाइँ गर्दै रमाइलो गर्छन् र परम्परागत दही चिउरा खाएर उत्सव मनाउँछन्। कृषि प्रधान देश नेपालमा यो पर्व मेहनती किसानप्रतिको सम्मानको रूपमा लिइन्छ।
मानव सेवा आश्रमले पनि देशव्यापी रूपमा यस दिनलाई सेवा र संस्कृतिसँग जोडेर मनाउँदै आएको छ।
उद्धार गरिएका प्रौढ पुरुषहरूलाई "बालगोपाल" को रूपमा, प्रौढ महिलाहरूलाई "लक्ष्मी माता" को रूपमा, र बालबालिकाहरूलाई पनि “बालगोपाल" को रूपमा सम्मान गर्दै पूजाआजा गरिएको छ। यस अवसरमा सबै शाखाहरूमा नेपाली परिकार दही चिउरा खुवाइयो, र सबैले एकआपसमा खुशी साटासाट गरी सामाजिक सहकार्य र मायाको वातावरण निर्माण गरे।
मानव सेवा आश्रमको लागि असार १५ केवल खेतको उत्सव होइन, उद्धार, सम्मान र नेपालीपनको उत्सव पनि हो।...










