पोखरा ।२० औ सस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं २६ मा हुने भएको छ ।
लेखनाथको गुँदेताल फाटमा महोत्सव आयोजना गरिएको महोत्सवको आयोजक पोखरा पर्यटन परिषदले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
सबै मौसमका लागि पर्यटन भन्ने मूल नाराका साथ हरेक वर्ष असार १५ मा पोखरामा रोपाई महोत्सव हुदैँ आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नेलगायतका उद्देश्य राखिएको छ ।
महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहितका कार्यक्रम हुने आयोजनकले जनाएको छ । उक्त महोत्सवमा मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको सहभागिता रहने छ ।
रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन् ।
तिब्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धान खेती विगतका केही समय यता खस्कँदै गरेले नेपाली संस्कृती धान खेती प्रणाली पर्यटक र नयाँ पुस्तालाई देखाउन महोत्सव आयोजना गरिएको आयोजनकको भनाई छ । रोपाइ महोत्सव विविध सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने अध्यक्ष पहारीले जानकारी दिए ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।