२०औँ असारे रोपाइँ महोत्सव लेखनाथको गुँदेतालमा, १० हजारभन्दा बढीको सहभागिता हुने अनुमान
पोखरा ।२० औ सस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं २६ मा हुने भएको छ ।
लेखनाथको गुँदेताल फाटमा महोत्सव आयोजना गरिएको महोत्सवको आयोजक पोखरा पर्यटन परिषदले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
सबै मौसमका लागि पर्यटन भन्ने मूल नाराका साथ हरेक वर्ष असार १५ मा पोखरामा रोपाई महोत्सव हुदैँ आएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नेलगायतका उद्देश्य राखिएको छ ।
महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहितका कार्यक्रम हुने आयोजनकले जनाएको छ । उक्त ...










