काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रेडियोग्राफी सेवासम्बन्धी विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै औपचारिक ज्ञापनपत्र पेश गरेको छ।
सोसाइटीले रेडियोग्राफी र इमेजिङ सेवामा दरबन्दी व्यवस्था, O&M सर्वेक्षण, जनशक्ति अभाव, तालीम, नियमावली र गुणस्तर मापदण्ड सम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमा रेडियोलोजी इमेजिङ सेवाको मापदण्ड, नीति, तालीम, नियमावली तथा गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय रेडियोलोजी इमेजिङ केन्द्र (NRIC) स्थापना गर्नुपर्ने प्रस्ताव राखिएको छ।
त्यस्तै, देशभरका अस्पतालहरूमा कार्यरत रेडियोग्राफरहरूको दरबन्दी स्थापनाका लागि O&M सर्वेक्षण गरी समायोजन गर्न र रेडियोलोजी सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री (TLD ब्याज, लेड एप्रोन आदि) उपलब्ध गराउनुपर्ने माग पनि समावेश छ।
निरन्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम (CPD) सञ्चालन गर्नुपर्ने, इमेजिङ सेवा नियमावली तथा गुणस्तर मापनका मापदण्ड तयार पार्नुपर्ने, बजेटमा रेडियोग्राफरको उपस्थिति अनिवार्य गरिनुपर्ने लगायतका विषयहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यसैबीच, संसदमा समेत रेडियोग्राफरहरूको आवाज उठ्न थालेकोमा नेपाल रेडियोलोजिकल सोसाइटीले माननीय शक्ति बस्नेतज्यूप्रति आभार व्यक्त गरेको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।