बागलुङ, असार १८ – अत्यन्त मार्मिक र पीडादायी अवस्थामा भेटिएका १० वर्षीय कृष्ण सापकोटालाई मानव सेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ।
जैमिनी नगरपालिका–२, गोकर्ण निवासी कृष्णको आमाले घर त्यागेर अर्कैसँग गएको कारण बालक मानसिक र शारीरिक रूपमा असहाय अवस्थामा जीवन बिताइरहेका थिए।
बालकका बुबा अत्यन्त गरिब र आर्थिक अवस्था कमजोर रहेका कारण छोराको पालनपोषण र उपचार गर्न असमर्थ थिए। उद्धारका क्रममा उनका बुबाले आश्रमका प्रतिनिधिसँग भावुक हुँदै भने, “भन्नुहोस्, मलाई पनि लानुस्, म आश्रममा काम गरेर भए पनि बाँच्न तयार छु, छोराको भविष्य म एक्लैले जोगाउन सक्दिन।”
उद्धारका बेला बालक कमजोर अवस्थामा थिए। स्थानिय वडाध्यक्ष, समाजसेवीहरू, प्रहरी प्रशासन र मानव सेवा आश्रमको समन्वयमा उनलाई उद्धार गरिएको हो। आश्रममा अहिले उनलाई सुरक्षित रूपमा राखिएको छ जहाँ स्वास्थ्य, शिक्षा, स्नेह र भविष्यको आधार प्रदान गरिँदैछ।
मानव सेवा आश्रमले समाजका यस्तो पीडामा परेका व्यक्तिहरूको सेवा, उद्धार र पुनर्स्थापनाको कार्य गर्दै आएको छ। आश्रमले कृष्णको जस्तो कथाले समाजलाई अझ बढी सहानुभूति र जिम्मेवारीको सन्देश दिन जरुरी रहेको बताएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।