पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।

शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनमार्फत देशको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवमा करिब २ लाख २० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, भेषभूषा र पहिचान झल्किने प्रदर्शनी तथा जानकारीमूलक कार्यक्रमहरू राखिनेछन् । साथै हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री, पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्रीको प्रदर्शन र जानकारी प्रदान गरिने संयोजक सुनारले बताए ।

महोत्सवमा करिब २५० वटा स्टल रहनेछन् । फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक तथा पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । लोकदोहोरी तथा सांगीतिक कार्यक्रमतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीलगायत कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पोखरा–२७ अर्चलेमा युनाईटेड छात्रावास निर्माण गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट प्राप्त आम्दानी सोही भवन निर्माणमा खर्च गरिने उनले बताए ।

अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको शैक्षिक गतिविधिमा असर नपर्ने गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । क्लबले विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विद्यालयको जग्गा संरक्षणमा समेत योगदान पुर्‍याएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्न आयोजकलाई सुझाव दिँदै कार्यक्रमले स्थानीय व्यवसाय, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धनमा कति योगदान पुर्‍यायो भन्ने विषयमा आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो न...
पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हास...
पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका सा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज