नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
महेन्द्रनगर - नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेशको प्रथम विस्तारित भेला शनिबार सुदूरपश्चिम प्रदेश कैलाली मा सम्पन्न भएको छ ।
बनाउ आफ्नो पहिचान छुवाछूत मुक्त समाज निर्माण हाम्रो अभियान भन्ने मुल नारा सहित नेपाल दलित मुक्ति अभियान प्रदेश को बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष सुनिल लोहनी बिकले आत्मसम्मान को लडाइँ का लागि देशैभरिका ६०/६५ लाख दलित समुदाय ले एउटै कित्तामा उभिन जरुरी रहेको बताए ।
अहिलेसम्म राज्यसत्तामा रहेका स्थापित राजनिती दलका नेताहरूले दलितलाई माथि उठ्न नदिएको उनले दावि गरे ।
तिनै राजनितीक दलका नेता कार्यकर्ताले दलित लाई जातीय मुक्ति को नाममा पटकपटक झुक्याउदै आएको जिकिर गर्दै अब दलित समुदाय हरू पार्टीको हलिको रूपमा सहिद हुनुभन्दा पनि सबै दलितहरू एउटै कित्तामा उभियर आफ्नो हकअधिकार का लागि संगठित हुनुपर्ने केन्द्रीय अध्यक्ष बिकले ...



















