पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न भेलाले उदयकान्त तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवगठित समितिअनुसार उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा बिमल क्षेत्री, सह–सचिवमा आशिष भण्डारी र कोषाध्यक्षमा इश्वरी क्षेत्री निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा बिनिता विश्वकर्मा, आनन्द अर्याल, अशोक बराल, गणेश अधिकारी, प्रमिला सिग्देल थापा, दिपेन्द्र सुबेदी, अशोक सुनार र आश्विन देवकोटा चयन भएका छन्। सल्लाहकारका रूपमा राकेश सिंह, अरुण कुमार मण्डल, कृष्ण केसी र अनिश बाबु पौडेल रहने छन्।
नव–निर्वाचित अध्यक्ष उदयकान्त तिवारीले रेडियोग्राफरहरूको हक–हित संरक्षण, सीप विकास, सेवा गुणस्तर वृद्धि तथा रेडियोलोजिकल क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सोसाइटी सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। उनले गण्डकी प्रदेशमा रेडियोग्राफी सेवा अझ व्यवस्थित, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउन प्रदेश समिति निरन्तर अग्रसर रहने बताए।
भेलामा सहभागी वक्ताहरूले प्रदेशभर रेडियोलोजिकल सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा पेशागत मर्यादा संरक्षणका लागि सोसाइटीले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।