नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन
पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न भेलाले उदयकान्त तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवगठित समितिअनुसार उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा बिमल क्षेत्री, सह–सचिवमा आशिष भण्डारी र कोषाध्यक्षमा इश्वरी क्षेत्री निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा बिनिता विश्वकर्मा, आनन्द अर्याल, अशोक बराल, गणेश अधिकारी, प्रमिला सिग्देल थापा, दिपेन्द्र सुबेदी, अशोक सुनार र आश्विन देवकोटा चयन भएका छन्। सल्लाहकारका रूपमा राकेश सिंह, अरुण कुमार मण्डल, कृष्ण केसी र अनिश बाबु पौडेल रहने छन्।
नव–निर्वाचित अध्यक्ष उदयकान्त तिवारीले रेडियोग्राफरहरूको हक–हित संरक्षण, सीप विकास, सेवा गुणस्तर वृद्धि तथा रेडियोलोजिकल क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सोसाइटी सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। उनले गण्डकी ...










