बागलुङ। महायज्ञ गर्ने मानव सेवा आश्रमले आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । यो महायज्ञमार्फत १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित संचालनमा ल्याउने लक्ष्य छ ।

मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर २ सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य छ । त्यस बाहेक मानवसेवा आश्रम बागलुङको अक्षयकोष बढाएर १० करोड पु-याउने, गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पुरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त निर्माणको संकल्प पुरा गर्ने लक्ष्य रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवद्र्दनका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजनकिर्तन र कला तथा नाटक मञ्चन गर्ने योजना पनि छ । पहिलो दिन कात्तिक २१ गते बाजागाजा, सांस्कृतिक कार्यक्रम, झाँकी, शंखनाद, भजनसहित शोभा कलसयात्रा गरिने छ अधिकारीले भन्नुभयोे ।
हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नुहुने छ । त्यसबाहेक हरेक दिन गीत संगीत, झाँकी, देव लिला, नत्य, पञ्चायन पुजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पुजा, महामृत्युञ्जय, जप, पाठ पारायण, समेत नियमित संचालन हुने अधिकारीले जानकारी दिनुभयो ।
महायज्ञलाई व्यवस्थित बनाउन १ हजार ८ जना सदस्य रहेको आयोजक मुल समारोह समिति बनाइने छ । हाल समाजसेवी सहदेव राजभण्डारीको संयोजकत्वमा प्रारम्भिक समिति समेत गठन भैसकेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
कार्यक्रममा भागवत भाष्कर कमलनयन गौतम, जिल्ला समन्वय प्रमुख अमर थापा र पत्रकार महासघंका उपाध्यक्ष सिर्जना पन्तले शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलन महायज्ञ मुल समारोह समितिका संयोजक सहदेव राजभण्डारीको अध्यक्षता, बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको स्वागत र आश्रमका सदस्य युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।